धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवा र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पुनः पत्राचार गरेको छ ।

सघर्ष समितिले उच्चस्तरीय छानबिन कार्यदलले प्रतिवेदन बुझाएको १० दिन बितिसकेको र मन्त्रालयको वार्ता टोलीले ६ बुँदे सहमति गरेको ९ दिन बितिसक्दा पनि कार्यान्वयनमा ढिलासुस्ती भएको भन्दै शुक्रबार प्रधानमन्त्री देउवा र मन्त्री श्रेष्ठलाई पत्राचार गरेको हो । समितिले कार्यदलको प्रतिवेदन र आफुहरुसँगको सहमति कार्यान्वयन गर्न ढिलासुस्ती एवं वेवास्ता गरिरहे सम्पुर्ण काम छोड्ने पनि चेतावनी दिएको छ ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील स्थानमा दुई महिनासम्म आन्दोलन हुँदा र समस्या पहिचान भई समाधानको खाकासमेत प्रष्ट भैसकेको र सरकारले गरिसकेको सहमति पश्चात पनि यस्तो चरम ढिलासुस्तीले सरकारको भनाई र गराईमा व्यापाक अन्तर देखिएको भन्दै संघर्ष समितिले असन्तुष्टी जनाएको छ । विभिन्न ४ बुँदाको प्रश्नहरु उल्लेख गरेको पत्रमा भनिएको छ, ‘सरकारे यस्तै कार्यशैली रहिरहेमा र हाम्रो यो अनुरोधलाई वेवास्ता गर्ने र हाम्रो सदाशयतालाई कमजोरी ठानिएमा हामी सम्पुर्ण काम छोड्न बाध्य हुनेछौं ।’

12