धरान: धरान १६ अन्नपुर्ण चोकस्थित यु.एन.नवोदय कलेजमा बिहिबार कक्षा ११ को भर्नाको लागि प्रवेश परीक्षा भएको छ । उक्त परीक्षामा एस.ई.ई.परीक्षा दिएका विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

कोभिड-१९ संक्रमणको जोखिम यथावत रहेको कारण कलेजले आधारभुत स्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गराएर मात्र प्रवेश परीक्षा लिएको क्याम्पस प्रमुख एवं प्रिन्सिपल डम्बर कुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई मास्क, सेनिटाइजर अनिवार्य गरिएको थियो भने भौतिक दुरी कायम गराइएको थियो । प्रवेश परीक्षामा भौतिक उपस्थिति र अनलाइन गरि ३६० जनाले परीक्षा दिएको तुम्बापोले बताए । 'हामीले पुर्णरुपमा स्वास्थ्य मापदण्ड पालाना गराएर भौतिक उपस्थितिमा प्रवेश परीक्षा लिएका हौं,' क्याम्पस प्रमुख तुम्बापोले भने, 'भौतिकरुपमा २५० जना र अनलाईनबाट ११० गरि कुल ३ सय ६० जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।'

UN-entrance2

प्रवेश परीक्षामा गत बर्षको भन्दा यो बर्ष उत्साहजनकरुपमा विद्यार्थीहरुले सहभागिता जनाएको कलेजको भनाई छ । कलेजले यसै शैक्षिक सत्रबाट साईन्स, कम्प्युटर साइन्स र फुड एन्ड न्युट्रीसन गरी ३ वटा नयाँ बिषयहरु पनि थप गरेको छ। एक दशक अगाडि स्थापना भएको कलेज म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेश नं १ कै उत्कृष्ट कलेजकोरुपमा स्थापित छ ।

छोटो अवधिमा नै यो केलेज म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा प्रदेस १ टप हुन सफल भएको छ । यो कलेज प्रदेश १ का विभिन्न जिल्लाका एस.ई.ई.टपरहरुको रोजाईमा पर्दै आएको छ । नवोदयले गुणस्तरिय शिक्षा, विद्यार्थीहरुको शारीरिक, मानसिक र बौद्धिक बिकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको छ । क्याम्पस प्रमुख एवं प्रिन्सिपल तुम्बापोले मिस पुर्वान्चल, मिस धरान जस्ता विभिन्न इभेन्टमा भाग लिइ उत्कृष्ट हुन सफल बिद्यार्थीहरु समेत कलेजमा अध्ययनरत रहेको जानकारी दिए । 

UN-entrance1

कलेजले यसै शैक्षिक सत्रबाट साइन्स भित्र्याएकोले म्यानेजमेन्ट र होटल म्यानेजमेन्टमा जस्तै साइन्समा पनि प्रदेश १ कै ब्रान्ड कलेज बनाउन लागि पर्ने तुम्बापोले बताए । 'हामी यो पटक सिमित विद्यार्थी लिन्छौ तर बेष्ट रिजल्ट दिन्छौ,' उनले भने । कलेजले साइन्स पढ्ने बिद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा प्रदान गर्ने, साथै सन्दुक रुइत, महाबिर पुन जस्ता बैज्ञानिक बन्न उत्प्रेरित गर्ने पनि प्रिन्सिपल तुम्बापोले बताए । कलेजमा बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर, पुर्वान्चल इन्जिनियरिङ क्याम्पसका इन्जिनियर पनि टिममा भएको र सुबिधा सम्पन्न साइन्स ल्याब पनि भएकाले साइन्समा पनि युएन नबोदय उत्कष्ट हुने कलेजले दाबी गरेको छ।