धरान: धरान १६ स्थित युन एन नवोदय कलेजले यसै शैक्षिक सत्रदेखि प्लस टुमा थप तीन बिषयमा अध्यापन गराउने भएको छ ।

कलेजले शनिबार पत्रकार सम्मेलन गर्दै साइन्स, कम्युटर साइन्स र फुड एण्ड न्युट्रिसन बिषयको पढाई शुरुवा गर्ने जानकारी दिएको हो । प्रचार्य तथा क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले डाक्टर र इञ्जिनियरहरुसहित दक्ष शिक्षकहरुद्वारा गुणस्तरीय अध्यापन गराउने बताए । ‘हामीले होटल मेनेजमेन्ट र व्यवस्थापनको पढाईमा प्रदेश १ मै ब्राण्ड बनायौं, उत्कृष्ट रिजल्ट आउने गरि अध्यापन गराइरहेका छौं, धरानलाई गुणस्तरीय शैक्षिक हब बनाउन हामी निरन्तर लागेका छौं,’उनले भने,‘यो शैक्षिक सत्रदेखि साइन्स, कम्प्युटर साइन्स र फुड एण्ड न्युट्रिसन शुरु गर्दैछौं ।’

परम्परागतरुपमा मात्र साइन्स पढाई भइरहेको भन्दै तुम्बापोले अब भविष्यमा डाक्टर, इञ्जिनियर, वैज्ञानिक बनाउने उद्देश्य राखेर नै आफुहरुले पढाई शुरु गर्न लागेको बताए । उनले साइन्स पढ्ने विद्यार्थीहरु भविष्यमा महावीर पुन, सन्दुक रुइतजस्ता वैज्ञानिक, डाक्टर बन्न प्रेरित गर्ने पनि बताए । ‘साइन्स पढेकाहरु भोली गएर डाक्टर, इञ्जिनियर, वैज्ञानिक बन्नुपर्छ भन्ने उद्देश्य हो । भोली भएर महाविर पुनजस्ता, सन्दुक रुइत जस्ता डाक्टर बन्नुपर्छ भन्ने उद्देश्य भएकोले साइन्सलाई नयाँढंगले शुरुवात गर्ने सोच राखेका छौं,’उनले थपे,‘त्यसैले डाक्टर, इञ्जिनियरलाई पनि सल्लाहकारकोरुपमा राखेका छौं, उहाँहरुले हाम्रो विद्यार्थीहरुलाई कक्षा लिएर परामर्श गर्नुहुनेछ ।’

un1

कलेजले प्लस टुमा साइन्स कार्यक्रमको संयोजककोरुपमा आकाश अधिकारी रहने जनाएको छ भने सहसंयोजककोरुपमा विद्याभुषण गुप्ता रहनेछन् । यस्तै, सल्लाहकारकोरुपमा डाक्टर श्रवणकुमार मण्डल, इञ्जिनियर शेखर लिम्बु रहने पनि कलेजले जानकारी दिएको छ । कक्षा ११ र १२ मा साइन्स पढेका विद्यार्थीहरु त्यसपछि अन्य बिषयतिर नमोडियोस् भनेर प्लस टुमा राम्रो परामर्शसहित अध्यापन गराउने प्राचार्य तुम्बापोले बताए । ‘साइन्स पढ्दा विद्यार्थीहरुले भविष्यमा के गर्ने ? के बन्ने ? भनेर अहिल्यै क्लियर हुनुपर्छ, त्यसको लागि विज्ञ सल्लाहकारहरु हुनुहुन्छ,’उनले भने ।

विद्यार्थीहरुलाई सुविधा सम्पन्न ल्याब उपलब्ध हुने पनि कलेजले जनाएको छ । होटल मेनेजमेन्टका संयोजक गगन श्रेष्ठले होटल मेनेजमेन्ट, व्यवस्थापन पढेका विद्यार्थीहरुले धरानसँगै देश र विदेशमा रोजगारी तथा थप उच्च शिक्षा अध्ययन गरिरहेको बताए । ‘हाम्रो विद्यार्थीहरु जापान, अमेरिका, अष्ट्रेलिया र युरोपमा पुगेका छन्, नेपालमा पनि धरानमै थुप्रैले राम्रो काम गरिरहेका छन्,’उनले भने,‘कोही पनि खाली बसेका छैनन् ।’

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक ज्ञानेश्वर झाले दक्ष, व्यवसायिक र सीप भएको जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक भएको र आफुहरु त्यसैमा केन्द्रीत भएको बताए । ‘हामी विद्यार्थी बटुल्ने मात्र उद्देश्य लिएका होइनौं, स्किलफु र व्यवसायिक शिक्षा पनि चाहिन्छ, त्यो हामी दिन्छौं,’उनले भने,‘नेपालमा भएको हरेक क्षेत्रमा हाम्रो विद्यार्थीहरु खपत होस्, रोजगारी पाउन्, कमसेकम विदेश जादा पनि उसँग केही दक्षता, क्षमता र सीप होस् ।’ यो कलेजमा प्लस टुमा होटल मेनेजमेन्ट, मेनेजमेन्ट, बिबिएस र बिएचएम पनि अध्ययापन गराउदै आइरहेको छ ।