धरान: परिवर्तनका लागि सामाजिक अभियानले मुटुरोग सम्बन्धि सामाजिक स्वास्थ्य क्लिनिक कार्यक्रम आयोजना गरेको छ ।

धरान मोडल कलेजको हाताभित्र आयोजित कार्यक्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहले निःशुल्करुपमा जाँच गरेका थिए । स्वास्थ्य क्लिनिकमा धरान र धरान बाहिरबाट आएका ७० वर्ष माथिका २० जनालाई जाँच गरिएको थियो । ७० वर्ष काटेका वृद्धवृद्धाहरुलाई अस्पतालको भीडमा उभिन गाह्रो हुने भएकोले कार्यक्रम स्वास्थ्य क्लिनिक कार्यक्रम गरिएको अभियानका अध्यक्ष विष्णु बरालले जानकारी दिए । परिवर्तनका लागि समाजिक अभियान सबैंको साझा कार्यक्रम भएकोले उनको भनाई छ । यो अभियानले सामाजिक कार्य सँगसँगै विशेष गरि स्वास्थ्य र शिक्षा सम्बन्धि कार्यक्रमहरु गर्नेछ ।

Health---Dr-Prashant

क्लिनिकमा गम्भीर प्रकारका रोग लागेको भएपनि विगत डेढ वर्ष अघिदेखि अस्पतालमा नगई घरमा बसेका बिरामीहरु समेत स्वास्थ्य जाँच गर्न आएका थिए । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुका लागि क्लिनिक निक्कै फलदायी भएको डा. प्रशान्त शाहले बताए । उनले भने, “धेरै जना बिरामीहरु कोभिडको कारणले पनि हुनसक्छ, लामो समयदेखि अस्पताल नआई घरमै बस्नु भएको पाईयो । आजको कार्यक्रमबाट वहाँहरुमा आफ्नो स्वास्थ्य सम्बन्धि सचेतना पक्कै पनि बढ्छ भन्ने मैले विश्वास लिएको छु ।” 

मुटु जाँच गराउन आमालाई लिएर आएका धरान–१५ निवासी विशाल भण्डारीले वृद्धवृद्धा आमाबुवाहरुलाई निकै नै सजिलो भएको प्रतिक्रिया दिदै आयोजक संस्थालाई धन्यवाद दिए । कार्यक्रमका संयोजक त्रिभुवन बरालले यो कार्यक्रम पाक्षिक रुपमा सञ्चालन हुने बताए । परिवर्तनका लागि सामाजिक अभियानका अभियानकर्मीहरु विदुर थापा, वर्षा श्रेष्ठ अग्रवाल, भोजराज श्रेष्ठ, मोहन श्रेष्ठ, प्रशान्त बंशल, जेनिस शाक्य, त्रिभुवन बराल, ज्योति आचार्य लगायतको सहभागीता रहेको थियो । 

dr-prasahant1