विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप २१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ६९१ जनाको पीसीआर परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो भने २०० जनाको एन्टिजेन परीक्षणगर्दा ४४ जनामा संक्रमण देखिएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । 

झापाको विर्तामोडमा १८, शिवसताक्षी र कनकाईमा १५–१५, अर्जुनधारामा १२, दमकमा ७, भद्रपुर र गौरादहमा ५–५, मेचीनगरमा ८,  झापा गाउँपालिका र कमल गाउँपालिकामा ३–३, हल्दिबारी, बुद्धशान्ति र कचनकवलमा १–१ जनामा संक्रमण पुष्टि भएको छ भने सुनसरीको इटहरीमा २७, धरानमा ७, बराहक्षेत्रमा २, इनरुवा र रामधुनीमा १–१ जनामा संक्रमण देखिएको हो ।

यसैगरि, मोरङको विराटनगरमा १७, उर्लाबारीमा ६, सुन्दहरैचामा ३, बेलबारी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा २७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १४२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।