धरान:नेपालीहरुको महान् चाड वडा दशैं शुरु भएको छ ।

बिशेष गरि हिन्दु धर्मावलम्बी नेपालीहरुले वडा दशैंलाई धुमधामका साथ मनाउछन् । आज वडा दशैंको पहिलो दिन घटस्थापना हो । घर घरमा घडा स्थापना गरेर जमरा पनि राखिन्छ । जौं, मकै, गहुँलाई विधिपुर्वक पुजा गरेर जमरा राखिन्छ, र दशमीको दिन टिका लगाउदा त्यही जमरा लगाइदिने चलन छ । 

वडा दशैं शुरु भएपछि घटस्थापनादेखि दशमीको दिनसम्म शक्तिपिठहरुमा भक्तजनहरुको घुँइचो लाग्छ । दशैंमा धरानको विजयपुरमा अवस्थित बुढासुब्बा र पिण्डेश्वर मन्दिरमा भन्दा दन्तशाली शक्तिपिठमा भक्तजनहरुको घुँइचो लाग्छ । दशैं अवधिभर हरेक दिन दुर्गा भवानीको नौं वटा रुपको बिशेष पूजा आराधाना गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री स्वरुपको पूजा अर्चना गरिन्छ । नेपालमा काठमाण्डौंमा गुह्येश्वरी, संखुवासभामा सिद्धकाली र धरानमा दन्तकाली गरी तीन शक्तिपिठ रहेको छ । धरानको दन्तकाली शक्तिपिठ भएको स्थानमा सती देवीको दन्त(वंगरा) खसेको भनेर पुराणहरुमा वर्णन गरिएको छ । 

dasai2

अघिल्लो बर्ष कोरोना महामारीको कारण दशैं तिहार जस्ता चाड प्रभावित भएको थियो । मठमन्दिर पुर्णरुपमा बन्द भएको कारण भक्तजनहरुले पुजाअर्चना तथा दर्शन गर्न पाएका थिएनन् । यसपाली भने कोरोना संक्रमण दर घट्दै गएको कारण अहिले मठमन्दिरहरु खुलेका छन् । भक्तजनहरु पनि उल्लेख्य आउन थालेका छन् । यद्यपी, विगतका बर्षहरुमा जस्तो घुँइचो देखिएको छैन ।

दन्तकाली मन्दिरका मुख्य पुजारी विश्वराज खनालका अनुसार घटस्थापनादेखि देवीका ९ वटा नामको रुपमा पुजा गरिन्छ । अन्य दिनमा भन्दा दशै अवधिभर देवीको बिशेष पूजा हुने भएकोले भक्तजनहरुलाई मुल मन्दिर भित्र प्रवेश गर्न दिइदैन । दशमीको विहानसम्म बिशेष पूजा सकिएपछि मात्र सर्वसाधारण भक्तजनहरुको लागि मन्दिर खुला रहने उनले बताए । 

dasai21

धरानमा घटस्थानाको दिनदेखि नवरात्री मेला शुरु हुने चलन थियो । युवायुवतीहरु राती नै घरबाट निस्कन्थे, र विजयपुरका मठमन्दिर घुम्थे । कोरोनाको कारण गत बर्ष यो क्रम पुर्णरुपमा रोकियो भने प्रशासनले पनि शान्ति सुरक्षाको कारण राती हिड्न रोक लगाए पछि धरानको नवरात्री मेला प्रभावित हुन पुगेको मुल पुजारी खनाल बताउँछन् । ‘पहिला भन्दा युवायुवतीहरु आउने क्रम घटेको छ । पहिला त राती १, २ बजेदेखि नै आउथे । शान्ति सुरक्षाको लागि पनि प्रशासनले हिड्न बन्देज लाग्यो, र आउन छोडेको हो । हिजोआज बिहान ५ बजेपछि मात्र आउछन्,’ खनालले भने ।

  दन्तकालीको धार्मिक महत्व

dasai14

धर्मग्रन्थहरुका अनुसार दक्ष प्रजापतिकी छोरी सतीको विवाह हिन्दुका आराध्यदेव शिवसँग भएको हुन्छ । यो विवाहप्रति बेखुशी भएका दक्ष प्रजापतिले एक दिन यज्ञको आयोजना गर्छन्, तर आफ्नी छोरी ज्वाईलाई निम्ता दिदैनन् । सती देवीले कारण जान्न चाहदा दक्षले शिवको अनादर गर्छन् । आफ्नो पतिको अनादर भएको सहन नसकी सतीले यज्ञमा आत्मदाह गर्छिन् । यो थाह पाएर विछिप्त बनेका शिव सतीको शव बोकेर ब्रह्माण्डमा भौतारिन्छन् । त्यसैक्रममा विभिन्न ठाउँमा सतीको अंग पतन हुन्छ । 

विजयपुरमा भने सतीको माथिल्लो दाँत(वंगरा) खसेको दन्तकाली मन्दिरका मुख्य पुजारी खनाल बताउँछन् । उनका अनुसार स्कन्द पुरणको हिमाद्री खण्डमा यो कुरा उल्लेख छ । जहाँ जहाँ सती देवीको अंग पतन भएको छ, ती स्थानमा देवीदेवताहरुले शिवको आराधाना गरेको कारण शक्तिपिठको नजिकै महादेवको मन्दिर भएको मानिन्छ । शक्तिपिठको दर्शन गरेपछि महादेवको दर्शन गर्नुपर्ने विश्वास छ । धरानमा दन्तकाली शक्तिपिठ नजिक १ कि.मि.को दुरीमा पिण्डेश्वर महादेवको मन्दिर छ । यस्तै, काठमाण्डौंमा पनि गुह्येश्वरी नजिकै पशुपतिनाथको मन्दिर छ ।

भिडियो :

dasai4

dasai11

dasai10

dasai12

dasai19

dasai15

dasai17

dasai24

dasai23

dasai29

dasai28

dasai22

dasai26

dasai18

dasai20

dasai25

dasai27