विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुासर ७२२ जनाको पीसीआर परीक्षण गर्दा १३२ र २४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा झापामा ५५, मोरङमा ४६, सुनसरीमा २७, इलाममा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो ।

झापाको विर्तामोडमा ११, भद्रपुर र मेचीनगरमा ८–८, दमकमा ७, कनकाई र अर्जुनधारामा ६–६, झापा गाउँपालिकामा ३, गौरादह, कचनकवल, बुद्धशान्ति, बाहृदशी, शिवसताक्षी र कमल गाउँपालिकामा १–१ जना संक्रमित थपिएका छन् । मोरङको विराटनगरमा २५,  बेलबारीमा ७, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचा र बुढीगंगामा ३–३, कटहरी, कानेपोखरी, मिक्लाजुङ  र रतुवामाईमा १–१ जन छन् ।

यता, सुनसरीको इटहरीमा १९, धरानमा ४, रामधुनीमा २, गढी र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, देउमाई र रोङमा १–१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा १६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९३ महिला र ७२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।