विराटनगर:  प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

सामाजिक विकास मन्त्रालयका अनुसार ४०१ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १५१ जनाको एन्टिजेन परीक्षण गर्दा १० जनाको रिपोर्ट पोजेटिभ आएको हो । पीसीआर परीक्षणका आधारमा झापामा २३, मोरङमा १९, सुनसरीमा ११, उदयपुर र इलाममा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

झापाको विर्तामोडमा ७, कमल गाउँपालिकामा ५, दमक र मेचीनगरमा ३–३, बाहृदशीमा २, भद्रपुर, कनकाई र स्थानीय तह नखुलेका १–१, मोरङको विराटनगरमा १४, सुन्दरहरैचा र कानेपोखरीमा २–२, बेलबारीमा १ जनामा संक्रमण पुष्टि भएको छ । 

यता, सुनसरीको इटहरीमा १० र धरानमा १, उदयपुरको चौदण्डीगढी र इलामको माई जोगमाईमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैगरि, प्रदेश १ मा पछिल्लो चौबिस घण्टामा ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।