धरान: धरानमा नेकपा एमालेको नगर अधिवेशन २ तिर हुने तयारी भएपछि विभिन्न वडा कमिटी र शाखा कमिटीले बहिष्कार गर्ने भएको छ । 

धरानमा शनिबार मात्र निवार्चित भएको ९ वटा वडा कमिटी र एउटा २१ नम्बर शाखा कमिटीले पनि दुई तिर हुने नगर अधिवेशनलाई बहिष्कार गर्ने भएको छ । यसअघि वडा नं १३ र १६ का वडा कमिटी अध्यक्षहरुले मात्र दुई तिर हुने अधिवेशन बहिष्कार गर्ने र प्रतिनिधि पनि नपठाउने घोषणा गरेका थिए । तर, आज दिउँसो उनीहरुसहित ९ वडा र एउटा शाखा कमिटीका अध्यक्षहरुले संयुक्त विज्ञप्ती जारी गर्दै दुई तिर हुने अधिवेशन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

एमाले वडा नं नं.१३, १६, १२, ७, २, १४, १४, १५, १८, ९ का अध्यक्षहरु र २१ नम्बर शाखा कमिटीका अध्यक्षले पनि संयुक्तरुपमा विज्ञप्ती जारी गरेका हुन् । उनीहरुले नेताहरुले मिलेर एकै ठाउँमा अधिवेशन गर्नुपर्ने माग गरेका छन् । एकै ठाउँमा अधिवेशन नगरिए प्रतिनिधिहरु नपठाउने पनि उनीहरुको भनाई छ ।

notice

notice1