धरान: नेकपा एमाले धरानको  नगर अधिवेशन दुई तिर भएको छ । 

उपमहानगर कमिटीमा दुई पक्षको विवाद मिलाउन प्रदेश र जिल्ला तहका नेताहरुले छलफल गरेपनि नमिले पछि दुई तिर अधिवेशन भएको हो । पार्टी अध्यक्ष केपी ओली पक्ष(संस्थापन)को अधिवेशन धरान १० स्थित सैनिक भवनमा भइरहेको छ भने जेठ २ अघिको कमिटी पक्षको अधिवेशन धरान १५ स्थित होटल इजी राइडरमा भइरहेको छ । 

amale4

मंगलबार एमालेको देशभर पालिका अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले अच्र्युअल माध्यमबाट गरेका थिए । धरानमा संस्थापन पक्षको अधिवेशनमा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज तैयव हुसैन प्रमुख वक्ता थिए भने जेठ २ कमिटीको कार्यक्रममा प्रमुख वक्ता केन्द्रीय सदस्य धर्मराज निरौला रहेका थिए। 

यसअघि धरानमा वडा अधिवेशनको क्रममा पनि एमालेमा विवाद उत्पन्न भएको थियो । यद्यपी, १४ वटा वडामा एकै ठाउँमा अधिवेशन र सहमतिमा नेतृत्व चयन भएको थियो । तर, ६ वटा वडामा भने विवाद भएपछि अलग अलग अधिवेशन र कमिटी गठन भएको थियो । 

amale1

amale6

amale2

amale3

amale5