धरान: नेकपा एमाले धरानको दुई समुहबीचको विवाद मिलेको छैन । प्रदेश र जिल्लाका नेताहरु विवाद समाधान गरेर एकै ठाउँमा नगर अधिवेशन आयोजना गर्न कस्सिएका छन् । यद्यपी सहमति भइसकेको छैन । 

विवादकै बीचमा संस्थापन पक्षले भने मंगलबार धरान १० स्थित सैनिक भवनमा अधिवेशन उद्घाटनको तयारी तीब्र पारेको छ । देशभरको पालिका तहको अधिवेशनको प्रमुख अतिथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले भच्र्युअल माध्यमबाट गर्नेछन् । धरान १ छाता चोकस्थित एमाले पार्टी कार्यालयमा सोमबार दिउँसो पुग्दा संस्थापन पक्षका नेता, कार्यकर्ताहरुको घुँइचो थियो । अधिवेशनको लागि वडाहरुबाट छानिएका प्रतिनिधिहरुको लगत संकलन, परिचयपत्र बनाउनेलगायत काममा नेता, कार्यकर्ताहरु ब्यस्त थिए ।

drn-amale4

अध्यक्ष हर्कजङ्ग एभेङले एमालेको एकै स्थानमा मात्र अधिवेशन हुने दाबी गरे । अधिकतम लचकता अपनाएर अर्को पक्षलाई एकै ठाउमा कार्यक्रम गर्न आह्वान गरिएको उनको भनाई छ । तर अर्को पक्ष पार्टी कार्यालयमा नआए पनि नेताहरुले सहजीकरण गरिरहेको उनले बताए । ‘हामीले सैनिक भवयमा भव्य र सभ्यरुपमा अधिवेशन गर्न तयारी गरेका छौ । अर्को गतिविधिहरु अवैधानिक हो,’उनले भने,‘आज हामी १० बुँदे र जेठ २ भन्दा अघि बढीसक्यौ, नेकपा एमाले जोगाउने पक्षमा छौ ।’

उनले अर्को पक्षलाई भाग खोज्ने हो भने पार्टीमा आएर प्रक्रियामा आउन पनि आग्रह गरे । ‘उहाँहरु आउनै पर्छ, खुल्ला हृदयका साथ छाती चौडा बनाएर स्वागत गर्न तयार छौ,’एभेङको भनाई छ । 

के भन्छन् जेठ २ पक्षको कमिटी ?

drn-amale7

उता, जेठ २ पक्षका धरानका नेताहरुले भने धरान १५ स्थित होटल इजी राइडरमा अधिवेशन गर्ने बताइरहेका छन् । यद्यपी, यो कमिटीका सचिव राजमणी निरौलाले पनि पार्टी एकढिक्का भएर अघि बढाउनुपर्ने धारणा राखे । उनले दुवै पक्षले कमीकमजोरीको आत्मसमिक्षा गर्दै समाधान खोज्नुपर्ने बताए । ‘पार्टीभित्र समुह समुह हुन्छ, नेतृत्वले सहीढंगले समाधान गर्नुपर्छ,’निरौलाले भने,‘हाम्रो समुहबाट गर्नुपर्ने कुरामा लाग्छौ । १४ वटा वडा सहमतिको आधारमा गर्यौ, ६ वटामा सकिएन । दुई पक्षकै कमीकमजोरी नै छन्, नेतत्वले विवेक पुर्याउनुपर्छ ।’

एकै ठाउँमा अधिवेशन गरेर कार्यकर्ताहरुलाई नअलमलाउन विवाद समाधानको लागि छलफल र संवाद भइरहेको उनको भनाई छ । ‘कोसिस जारी छ, एकैठाउँमा गरौ, कार्यकर्तालाई नअलमलाउ, भ्रममा नपरौं भनेरै लागि रहेका छौ,’उनले भने,‘४, ५ महिना पछि स्थानीय तहको निर्वाचन हुदैछ, त्यसो भएकोले प्यानल, प्यानल भनेर गइरहनु हुदैन, निर्वाचन भनेर जानु हुदैन ।’ निरौलाले सहमतिबाट नै अध्यक्ष चयन गर्नुपर्ने आफुहरुको सर्त रहेको बताए । उनले प्याकेजमा नै सहमति गर्नुपर्ने बताए । जेठ २ को कमिटी अनुसार नारायण सुवेदी अध्यक्ष र आफु सचिव भएको उनले जिकिर गरे । 

भिडियो:

drn-amale

dhrn-amale5

drn-amale8

Drn

drn-amale9

drn-amale10