धरान: ग्याँस पड्केर धरान १७ स्थित एक घरमा आगलागी भएको छ । 

आगलागीले जलेर काठको घर पुर्णरुपमा नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अहिले आगलागी नियन्त्रण भइसके पनि काठको पुरानो शैलीको घर भने जलेर पुर्णरुपमा क्षति भएको छ । डिएसपी कुँवरका अनुसार उक्त घरमा भाडामा २ परिवार बस्थे । एउटा परिवार तिहार मनाउन पहाड गएको थियो भने अर्काे परिवार बाउ छोरा मात्र रहेका थिए । 

ago1

आगलागी भएको स्थान होराइजन टोल र बगान टोलको बीचमा पर्छ । फोटोग्राफर एवं स्थानीय मनोज चाम्लिङ राईका अनुसार ग्याँस पड्केर आगलागी भएको अनुमान गरिएको छ । ठुलो आवाजमा ग्याँस पड्केको टाढासम्म सुनिएको उनले बताए । 'ग्याँस पड्केर आगो लागेको हो, परैसम्म पड्केको सुनियो, काठको पुरानो घर हो, सबै जल्यो,' उनले भने ।