धरान: नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को निर्वाचनको मतगणना जारी छ । 

धरान ८ सभागृहस्थित मतदान केन्द्रमा जारी मतगणनाको २०० मतको परिणाम सार्वजनिक भएको छ । जसअनुसार संस्थापन इतरबाट सभापतिका उम्मेदवार सुजेन्द्र तामाङले अग्रता दोब्बर बनाएका छन् । २ सय मत गणन हुँदा तामाङले १३३ मत पाएका छन् भने उनका प्रतिस्पर्धी संस्थापन देउवा समुका उम्मेदवार लक्ष्मी खतिवडाले ६५ मत पाएकी छिन् । 

यसैगरि, तामाङ प्यानलका सचिव उम्मेदवार महेन्द्र प्रधानले १२२ र केशव पुरीले १०७ मत पाएका छन् भने खतिवडा प्यानलका सचिव उम्मेदवारद्धय देवेन्द्र लिम्बुले ९९ र जयबहादुर लिम्बुले ४९ मत पाएका छन् । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले १२८ र सुमित राईले १३३ मत पाएका छन् भने खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले ४९ र नादर राईले ६१ मत पाएका छन् । 

सदस्यहरुमा प्रत्यक्ष महिलातर्फ आराध्यदेवी राई ६५ र उषा थापा क्षेत्रीले ३१ मत पाएकी छिन् भने प्रत्यक्ष खुल्ला सदस्यतर्फ आशिष कटवाल ७३, उमेश पौडेल ७६, सम्पुर्ण ताम्राकार ६७ र शुशिलाकुमारी श्रेष्ठले ४० मत पाएका छन् । यस्तै, खस आर्य खुल्लातर्फ लोकमणी शर्मा ५८ र सन्दिप सुवेदी २४ मत पाएका छन् भने जनजाति खुल्लातर्फ अतुल श्रेष्ठ ६९, रामबहादुर मगर ३७ र मचिन्द्र राई ५४ मत पाएका छन् ।