धरान: एमाले नेतृ एवं धरान उपमहागनरपालिकाकी उपमेयर मञ्जु भण्डारीसहित ३ जना नेताहरु केन्द्रीय महाधिवेशन प्रतिनिधिमा मनोनित भएका छन् ।

हिजो मंगलबार बसेको स्थायी कमिटी बैठकले मनोनित गरेका १०६ जना प्रतिनिधिहरुमध्ये ३ जना सुनसरीका परेका छन् । जसमा धरानकी उपमेयरसमेत रहेकी नेतृ भण्डारी छिन् भने युवा नेतृ मीना श्रेष्ठ र डम्बर सुवेदी (हिमाल) पनि मनोनित भएका छन् । पाँच प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था अनुसार स्थायी कमिटी बैठकले हिजो १०६ जना प्रतिनिधिहरु मनोनित गरेको हो । 

एमालेको १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुदैछ । उक्त महाधिवेशनमा युवा नेतृ श्रेष्ठले केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने भएकी छिन् । उनले आदिबासी जनजातिबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी हुन् ।