धरान: लामो समयको अन्तरालमा शनिबार साँझ धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्टको आयोजना हुँदैछ।   

उक्त कन्सर्टको लागि चर्चित ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसनको टोली आज शुक्रबार धरान आइसकेको छ । ब्याण्डका मुख्य गायक रबिन तामांगसंगै प्रविन दास श्रेष्ठ, हरिकृष्ण महर्जन, विजय बिश्वकर्मालगायतका अन्य ब्याण्ड सदस्यहरु लाइभ कन्सर्टको लागि धरान आइसकेको छ । ब्याण्डसँगै धरानको हिना मल्ल, दिपिका बस्नेत र फ्री बर्ड्स लगायतको पनि प्रस्तुती हुनेछ । 

गायक तामांग विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेका छन् । उनको गीत दम मरो दम..,चिसो चिसो हावामा..,आधुनिक आँगनमा.., म मौनतामा.., भेटे मैले शिबाजी.., जति माया लाए पनि...लगायतका गीतहरु चर्चित छन् । उनी चार बर्ष अघि न्यु इयर इभ कन्सर्टमा उनी धरान आएका थिए ।

टुबोर्गको प्रस्तुति तथा .सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा शनिबार मेगा लाइभ कन्सर्ट हुदैछ । कन्सर्टको सम्पूर्ण तयारी भइसकेको आयोजकले जनाएको छ। टुबोर्गको प्रस्तुति र सिल्भर इन्टरटेनमेन्टको आयोजनामा यसअघि धरानमा टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१७, धरान र पथरीमा टुबोर्ग  मेगा लाइभ कन्सर्ट २०१८ आयोजना भएको थियो । मेगा लाइभ कन्सर्टको यो तेस्रो संस्करण हो।