धरान: कोरोना भाइरसको संक्रमण रोकथम तथा नियन्त्रणको लागि नेपालमा चैत ११ गतेदेखि शुरु भएको लकडाउन अझै जारी छ ।

लकडाउनले यातायात, स्कुल, कलेज, उद्योग, बजार सबै ठप्प छन् । अत्यावश्यक सवारी, पसलहरु मात्र खुलेका छन् । दुई दिनअघि धरानबाट भेडेटारसम्म पुग्दा लकडाउनको प्रभाव कस्तो छ भन्ने प्रत्यक्ष देख्यौं । मानिसहरु घरमा सिमित छन् । बाटो सुनसान छ । धुँवा, धुलो, कोलाहल नभएर हुनुपर्छ, प्रकृति भने निक्कै खुलेको छ, रमाएको छ ।

पर्यटकीय गन्तव्य हो भेडेटार । लकडाउनले सुनासन छ । भेडेटारमा त अझ कडा गरिएको छ । पास भएको जो कोही मानिस वा गाडीहरु पुगे गाडीलाई डिस्इन्फेक्सन गरिन्छ । मानिसलाई इन्फ्रारेड थर्मोमिटरबाट ज्वरो नापिन्छ । पास विना पुगेर धरानतिरै फकाईन्छ । खासमा टनेल बनाएर डिस्इन्फेक्सन गरिदैछ भन्ने खबर आए पुगेका थियौं, तर त्यहाँ मान्छेले हातैले गरेको देखेर चै खिन्न हुनुपरेको थियो । भेडेटार चोकको चिया पसलमा भेटिएका केही महिलाहरुले राहत नबाँडेको गुनासो पनि गरे । सधै आन्तरिक पर्यटकहरुको घुँइचो रहने भेडेटार सुनसान थियो ।

bhedetar14 bhedetar16 bhedetar15 bhedetar17 bhedetar1 1 bhedetar10 bhedetar2 bhedetar6 bhedetar3 bhedetar13 bhedetar11 bhedetar19 bhedetar18 bhedetar24 bhedetar21 bhedetar20 bhedetar23