धरान: स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर धरानमा पनि १२ देखि १७ बर्षका बालबालिकाहरुलाई आजदेखि कोभिड १९ विरुद्धको खोप लगाइदैछ । 

उपमहानगरपालिकाको स्वास्थ्य महशाखाका अनुसार माघ १९ गतेसम्म विभिन्न ४४ वटा खोप केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । बालबालिकाहरुलाई मोर्डना खोप लगाइने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । खोप बिहान १० बजेदेखि लगाउन शुरु हुनेछ । 

चार दिनमा धरानका १८ हजार बालबालिकाहरुलाई खोप लगाउने लक्ष्य राखिएको मेहताले जानकारी दिए । चार दिनमा खोप लगाउन छुटेकाहरुलाई थप २ दिन धरान १२ स्थित पब्लिक माविमा खोप लगाइने पनि मेहताले बताए । 

आज पहिलो दिनको खोप केन्द्र

आज पहिलो दिन विभिन्न ११ वटा खोप केन्द्रमा बालबालिकाहरुलाई खोप लगाइनेछ । महाशाखाका अनुसार वडा नं १ स्थित युरेका उच्च मावि, धरान आर्दश साइन्स ब्लक, धरान उच्च कलेजमा धरान उच्च कलेज, वडा २ स्थित शिक्षा निकेतन मावि, वडा नं ३ स्थित भानु स्मृति मावि, वडा नं ४ स्थित आधारभूत विद्यालय हर्दियामा खोप केन्द्र रहनेछ ।

यसैगर, वडा नं ५ स्थित हिमाली मावि देउराली, वडा नं ६ स्थित सरस्वती मावि पानवारी, वडा नं ८ स्थित शहिद स्मृति मावि र ल्याबोरेटरी माविमा पनि खोप केन्द्र हुनेछ भने वडा नं ९ स्थित समिट सेकेण्डरी बोर्डिङ स्कुलमा पनि खोप केन्द्र रहनेछ । 

khop2