धरान: धरानमा यही माघ २५ र २६ गते बुस्टर डोज दिइने भएको छ । 

धरायन उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार ३ वटा खोप केन्द्रमा कोभिसिल्डको थप मात्रा बुस्टर डोज दिइनेछ । महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १ छाताचोक पुरानो अस्पताल हाताभित्रको स्वास्थ्य चौकीमा खोप केन्द्र रहनेछ भने धरान १५ एभरेष्ट लाइनस्थित आधारभुत स्वास्थ्य चौकीमा पनि खोप केन्द्र रहनेछ । यसैगरि, वडा नं १८ देवीथान लाइनस्थित वडा कार्यालयमा पनि अर्को खोप केन्द्र रहनेछ । 

कस्ले लगाउन पाउछन् बुस्टर डोज ?

महाशाखा प्रमुख मेहताका अनुसार गत असार मसान्तसम्म कोभिसिल्डको दोस्रो मात्रा पुरा गरेका ६० बर्ष माथि उमेरका ज्येष्ठ नागरिकहरुलाई बुस्टर डोज लगाइनेछ । 

यसैगरि, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, जनप्रतिनिधि, पत्रकार र सार्वजनिक सेवा प्रवाहमा अग्रपंक्तिमा खटिने जनशक्तिलाई पनि बुस्टर डोज दिइने महाशाखाले जनाएको छ । 

notice