धरान: धरान वडा नं १५ का भोजराज थापा (फडिन्द्र) विरुद्ध गएको कार्तिक ९ गते आफ्नै पुर्वपत्नीलाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता भयो, र उनी पक्राउ परे । 

सुनसरी जिल्ला अदालतले मंसिर ७ गते उनलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । जिल्ला अदालतको यो आदेशविरुद्ध उनी उच्च अदालत विराटनगर गएका थिए । उच्च अदालतले थापाले जर्बजस्ती करणी गरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको ठहर गर्दै जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश माघ २० गते वदर गरिदिएको छ । उच्च अदालतले जिल्लाको आदेश वदर गरेपछि उनी थुनामुक्त भएका छन् । 

के छ उच्चको आदेशमा ?

अदालत र अधिकार प्राप्त अधिकारी समक्ष आरोपित कसुरमा इन्कार भई वयान गरेको र जाहेरी दस्तखतमा जर्बजस्ती करणी गर्ने उद्योग गरेको भन्ने उल्लेख गरेको उच्च अदालतको आदेशमा उल्लेख छ । यस्तै, घटना पछि घटनास्थलमा पुगेका मुरारी सुवेदी र अम्बरबहादुर तामाङलाई जाहेरवाला (पीडित भनिएकी)ले आफुलाई जर्बजस्ती करणी गरेको भन्ने उल्लेख नगरेको भनेर उनीहरुले गरेको कागजलाई उच्च अदालतले आधार मानेको आदेशमा उल्लेख छ । 

यस्तै, पीडिताको परीक्षण प्रतिवेदनसमेतबाट पनि प्रतिवादी(थापा)ले अभियोग दाबी वमोजिम जर्बजस्ती करणीगरेको विश्वास गर्न सकिने मनासिव आधार नदेखिएको उच्च अदालतको आदेशमा उल्लेख छ । 

थापाले भने, 'मलाई सम्पत्तिको लोभमा योजनावद्धरुपमा फसाईयो'

bhjraj

उच्च अदालतको आदेश पछि थुनामुक्त भएका थापाले सोमबार धरान १३ स्थित नेपाल पत्रकार महासंघ सुनसरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै सम्पत्तिको लोभमा आफ्नी पुर्वश्रीमतिले योजनावद्धरुपमा फसाएको बताए । उनले अदालतबाट अंशवण्डा भएको र धरान १५ स्थित घर छोड्नुपर्ने भएपछि आफ्नी पुर्वश्रीमतिले जर्बजस्ती बलात्कार गरेको भन्ने आरोप लगाएर फसाएको बताए । 

थापाका अनुसार पुर्वपत्नीले आफुलाई कुटपिटगर्ने र उनको काका पर्ने विराटनगरका पत्रकारले गालीगलौज गरिरहने गरेपछि असोज २१ गते पुर्वपत्नीविरुद्ध घरेलु हिंसा मुद्दा दर्ता गरेका थिए । श्रीमतिसँग सम्बन्ध विच्छेद र अंश मुद्दामा असोज २० गते मिलापत्र भएको थियो । जसअनुसार धरान १५ मा १ कट्ठा १ धुर जग्गा र त्यसमा बनेको घर बैंकको ऋण चुक्ता गरि अंश थापाले पाउने सहमति भएको थियो । मिलापत्र अनुसार मंसिर १५ गते पुर्वपत्नीले घर छोडीदिने सहमति पनि भएाके थियो । 

तर, यो सहमति भएको १९ दिनमा नै पुर्वपत्नी, उनको बहिनीलगायतले योजनावद्धरुपाम आफुलाई जर्बजस्ती करणीमा फसाएको थापाको दाबी छ । ‘मलाई त्यो सहमति भएको १९ दिनमा जर्बजस्तस्ती करणीको झुटा मुद्दामा फसायो, साढे ३ महिना जेल राख्यो । अहिले सादा तारेखमा छुटेँ,’उनले भने,‘मेरो पुर्वपत्नी जुन घर बसको छ, ऋण तिर्ने गरि मेरो नाममा अदालतले दिएको छ, तर अहिले घर छोड्दैन ।’

थापाका अनुसार पुर्वपत्नीलाई भेडेटारमा भएको घर घडेरी, बराहक्षेत्रमा भएको १ कट्ठा घडरी, खाना खानको लागि बराहक्षेत्र चक्रघट्टीको १३ कट्ठा खेती पनि अंशमा दिएको छ । यस्तै, छोरा छोरी सबैलाई नै आफुले अंश दिएको तर धरान १५ को घर, खेतीका लोभमा आफुलाई झुटो मुद्दामा फसाएर अन्याय गरेको उनले बताए । 

के भएको थियो घटना ?

थापाका अनुसार कार्तिक ९ गते उनी आफ्नो नाबालक छोराको नाममा चक्रघट्टीमा रहेको ११ कट्ठा जग्गा पास गर्नुपर्ने भएकोले जन्मदर्ता लिन धरान १५ को घर गएका थिए । थापाका अनुसार उनी नाबालक छोराको संरक्षक हुन् । जन्मदर्ता लिन घरमा पुगेपछि छोरालाई बोलाएको तर छोरा स्कुल गएको कारण पुर्वपत्नी को हो भन्दै हेर्न आएकी थिइन् । पुर्वपत्नीले नै माथि नै आउनु भनेपछि आफु सिढीको चेनगेटमा उभिएको बेला पुर्वपत्नी, उनकी बहिनी, छोरा, छोरीले जर्बजस्ती तानेर लडाएको र आफनो हातमा भएको सुनको ब्रासलेट, आइफोनलगायत खासेको पनि उनले बताए । 

आफु लुटिएको महशुस गरेपछि गुहार गुहार भन्दै चिच्याउदा छिमेकी अमर तामांग र मुरारी सुवेदी आएर छुट्याएको पनि थापाले बताए । ती दुवैले सही, सत्य वयान दिएपछि आफु उच्च अदालतबाट छुटेको पनि उनले बताए । लुटिएको समान फिर्ताको लागि प्रहरीलई पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको र जाहेरी पनि नलिएको थापाको गुनासो छ । पुर्वपत्नीको काका पत्रकार भएको र उसले आफु जेलमा हुदा पनि घर र खेत नदिए जेलमा ने कुहाई दिने धम्की दिएको पनि थापाले बताए ।