धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक वृद्धाको मृत्यु भएको छ। 

प्रतिष्ठानका अनुसार ताप्लेजुङ यङवरक १ की ६५ बर्षीया वृद्धको मृत्यु भएको हो । उनको कोभिड अस्पतालमा आज बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । कोरोनाविरुद्धको खोप नलगाएकी वृद्धलाई स्ट्रोक भएको थियो ।

उनलाई माघ २३ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शव नियम अनुसार व्यवस्थापन भएको पनि प्रतिष्ठानले जनाएको छ ।