धरान: प्राइम भिजन इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट धरान १० मा खेल सप्ताह शुरु भएको छ । 

महाशिवरात्री पर्वको अवसरमा मंगलबार ५ किलोमिटर दौड आयोजना गर्दै प्राइम भिजन स्पोर्ट्स विक को शुभारम्भ भएको हो ।  ुपीभीआइएचेम फाइभ के रनु मा कक्षा १२ का वाणिज्य सङ्कायका विद्यार्थी रोशन लावती विजयी भए । उनले १९ मिनेट ५७ सेकेन्डमा दौड पूरा गरेका थिए । यस्तै, एडिएचएमका विद्यार्थी रोनिश श्रेष्ठले २२ मिनेट २८ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने प्रकाश दुमी राई तेस्रो भए । 

prime

छात्रातर्फ कक्षा १२ वाणिज्य सङ्कायकि हेन्खाम राईले ३७ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भइन् । निकिता श्रेष्ठ दोस्रो हुँदा विनिता राई तेस्रो भइन् । दौडमा प्राइम भिजनका ४० जना विद्यार्थीले सहभागिता जनाएको खेल संयोजक संगीत सिग्देलले जानकारी दिए । दौडको प्राविधिक सहयोग र मूल्याङ्कन धरानको प्रतिष्ठित दौड प्रतियोगिता ुधरान रनु ले गरेको थियो । 

धरान १० मा अवस्थित प्राइम भिजनको खेल सप्ताहको पहिलो दिन बुद्धिचाल प्रतियोगिता र क्यारेम प्रतिस्पर्धा पनि भएको छ । कोभिड सङ्क्रमणको कारण लामो समयदेखि विद्यार्थीहरु अतिरिक्त कृयाकलापमा सहभागी भएका थिएनन् । त्यसैले खेल सप्ताहले विद्यार्थीमा उत्साह जगाएको कलेजका सिईओ अभिषेक श्रेष्ठले बताए ।

prime1