धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमाको सेवा रोक्ने निर्णय गरेको बिषयमा स्थानीय सरकार र स्थानीय प्रशासनले प्रतिष्ठानसँग छलफल गरेको छ । 

धरानका मेयर तिलक राई, सुनसरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव, सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरीका एसपी बिक्रम होमागाईलगायतले प्रतिष्ठानका डेपुटी अस्पताल निर्देशक डा.विकास साह, अस्पताल प्रशासनका कर्मचारी अशोककुमार साहलगायत अधिकारीहरुसँग आज शुक्रबार छलफल गरेको हो । छलफलमा स्थानीय सरकार र स्थानीय प्रशासनले विमा सेवा रोक्ने निर्णयप्रति ध्यानकर्षण भएको जनाउदै स्वास्थ्य विमा कार्यक्रम निरन्तर सञ्चालन गन प्रतिष्ठान प्रशासनलाई आग्रह पनि गरेका थिए । 

bp-health

मेयर राईका अनुसार विमा बोर्डले चैत ७ गते नै ३ करोड ५७ लाख रकम प्रतिष्ठानको खातामा भुक्तानी गरिसकेको छ भने यसै साता थप ६,७ करोड कम पनि भुक्तानी गर्ने जानकारी दिएको छ । तसर्थ, प्रतिष्ठानलाई विमा सेवा नरोक्न आग्रह गरिएको र चैत १५ गतेपछि सेवा नरोकिने पनि मेयर राईले बताए । ‘विमा बोर्डबाट चैत ७ गते ३ करोड ५७ लाख बढी रकम आइसकेको छ, थप रकम यसै साता आउदैछ । त्यसैले विमा कार्यक्रम नरोक्नुस् भनेका छौ, चैत १५ गतेपछि पनि सेवा निरन्तर हुन्छ,’ मेयर राईले भने । 

भिडियो: