धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरानबासीहरुसँग सम्बन्ध सुधार गर्न तथा प्रतिष्ठानको विकास, विस्तारमा सहकार्य गर्न लोकल फ्रेन्ड्स अफ वीपीकेआइएचएस पुर्नगठन गरिएको छ ।

स्थानीयबासीहरुसँग समन्वय गरी प्रतिष्ठानको समस्याहरु हल गर्न तथा आवश्यक सहयोग जुटाउने उद्देश्यले फ्रेन्ड्स अफ वीपीकेआइएचएस फ्रेन्ड्स अफ वीपीकेआइएचएस पुर्नगठन गरिएको हो । फ्रेन्ड्स अफ वीपीकेआइएचएस ४२ सदस्यीय गठन गरिएको छ । जसमा धरान क्षेत्रबाट जनप्रतिनिधि रहेका प्रदेश सभामुख प्रदिप भण्डारीदेखि संघीय सांसद, प्रदेश सांसद, सुरक्षा निकाय प्रमुख, शिक्षा विद, राजनीतिक दलका नेताहरु, सामाजिक व्यक्तित्व र पत्रकारहरु पनि मनोनित भएका छन् ।

फ्रेन्ड्स अफ वीपीकेआइएचएसको कार्यकाल २ बर्षको रहनेछ । फ्रेन्ड्स अफ वीपीकेआइएचएस प्रा.डा.सुन्दरमणी दिक्षित प्रतिष्ठानको नेतृत्वकालमा शुरु भएको थियो । सन् २०१७ देखि भने पुर्नगठन भएको थिएन । पुर्नगठिन फ्रेन्ड्स अफ वीपीकेआइएचएसको पहिलो बैठक शुक्रबार प्रतिष्ठानमा बसेको छ । बैठकमा परिचयात्मक कार्यक्रम भएको र प्रतिष्ठानको उन्नतिको बिषयमा सबैले विचार प्रकट गरेको प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए । बैठकमा स्वास्थ्य बीमा सम्बन्धि प्रतिष्ठानले भोग्दै आएको समस्या र सुधारका बारेमा पनि गहन छलफल गरिएको उनले जानकारी दिए ।

बैठकले लोकल फ्रेन्ड्स अफ वीपीकेआइएचएसमा सदस्य संख्या भविष्यमा बृद्धि गर्नेबारे पनि छलफल भएको थियो । प्रतिष्ठानको समग्र विकासको लागि आवश्यक सल्लाह र सुझाव लिनको लागि बैठक नियमितरुपमा गर्ने उपकुलपति डा.ज्ञानेन्द्र गिरीले बैठकमा प्रतिवद्धता व्यक्त गरेका थिए । 

friends

friends1