धरान:ईलाका प्रहरी कार्यालय धरानका प्रमुख एवं डिएपसी बुद्ध श्रेष्ठले धरानमा चोरीको घटनाहरु हुनुमा लागुऔषध दुव्यर्सन भएको बताएका छन् ।

डिएसपी श्रेष्ठले सोमबार धरानका सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् । धरानका युवाहरु दुव्यर्सनमा फसेको भन्दै उनले यही कारणले अपराध भएको पनि बताए । ‘यहाँ चोरी बढ्नुको कारण के होला ? जति पनि खुकुरी हान्छन्, चोरी गर्छन् । यसको कारण यहाँको युवाहरु दुव्यर्सनमा छन् । ड्रग्स खान पैसा चाहियो । कि चोर्नु पर्यो, लुट्नु पर्यो, पाकेट मार्नुपर्यो,’डिएसपी श्रेष्ठले भने,‘कारोबारी गर्ने क्षेत्र भोटेपुल, सब्जी मण्डी, बगरकोट पारि छ, मैले जानकारी लिइरहेको छुँ ।’

dsp-budha

सिमित स्रोतसाधन र जनशक्ति अभावको बीचमा पनि प्रहरीले चौबिसै घण्टा शान्ति सुरक्षा प्रदान गर्ने मुल उद्देश्य लिएर खटिएको डिएसपी श्रेष्ठले बताए । ‘साधन स्रोत सिमित छ, जनशक्ति सिमित छ । वडाको गाडी छ, ईलाकाको गाडी छ, हामीले सबै ठाउँ पुग्ने कोसिस गरिरहेका छौ,’उनले भने,‘हामीसँग भएको १६० जना प्रहरी प्रशासन, अनुसन्धान, कार्यालय सुरक्षादेखि सबैतिर खटिएको हुन्छ । हामी चौबिसै घण्टा खटिएको हुन्छौ । १० देखि ४ बजेसम्म मात्र हुदैन, बिहान दिउँसो, बेलुका र राती पनि अलर्ट हुन्छौ ।’

dhrn-journo

डिएसपी श्रेष्ठले प्रहरीले कसैलाई पनि दुव्र्यवहार नगर्ने र गर्न नहुने पनि बताए । कोही प्रहरीबाट भएमा आफुलाई जानकारी दिन पनि उनले आग्रह गरे । ‘हाम्रो उद्देश्य शान्ति सुरक्षा हो, कसैले डर त्रास देखाएको छ भने भन्नुस्,’प्रहरीले राती होटल चाडो बन्द गराएको र ग्राहकलाई पनि गाली गरेको सन्दर्भमा डिएसपी श्रेष्ठले भने,‘हामी संवेदनशिल ठाएँहरुमा होटल बाहिर गाडी राख्छौ, किनभने प्रहरीको गाडी देखेर पनि अपराध गर्न नसकोस् भनेर हो । खबरदारी गर्नु हो । राती साढे १० बजे खानपान बन्द गर्ने, ११ बजेभित्र विल बुझाएर हिडिसक्नुपर्छ भनेर यहाँको प्रशासनले आदेश गरेको छ । त्यसैले प्रहरीले मौखिक अनुरोध गरेको हुनसक्छ ।’

भिडियो: