धरान: गठबन्धनबाट अलग्गिएको जनता समाजवादी पार्टी (जसपा) ले धरानको मेयर र उपमेयरको उम्मेद्वार तय गरेको छ । 

जसपाले मेयरमा ताजुब लिम्बुलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने उपमेयरमा विना कुमारी राई (पुमा)लाई उम्मेदवार बनाउने भएको छ । मेयरका उम्मेद्वार लिम्बु जसपाको धरान उपमहानगर कमिटी अध्यक्ष हुन् । उपमेयरकी उम्मेद्वार राई पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । 

अध्यक्ष एवं मेयरका उम्मेद्वार लिम्बुले जसपा गठबन्धनबाट अलग भएको कारण मेयर, उम्मेदवार र वडामा पनि उम्मेद्वारी दिने निर्णय भएको बताए । उनले भने,‘हामी चुनावी गठबन्धनमा छैनौ, त्यसैले मेयर, उपमेयर र वडामा पनि उम्मेदवारी दिन्छौ ।’ सोमबार दिउँसो १ बजे उम्मेद्वारी मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा जाने पनि उनले बताए ।