धरान: नेकपा एमालेबाट धरान उपमहानगरपालिकाको मेयरमा टिकट पाएपछि उपमेयर मञ्जु भण्डारीले पदबाट राजिनामा दिएकी छिन् । 

उनले आज मेयर तिलक राईले राजिनामा पत्र बुझाएकी छिन् । बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा उनलाई एमालेले मेयरमा उठाउने निर्णय हिजो शनिबार गरेको थियो ।

निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजिनामा दिनुपर्ने भएपछि उनले राजिनामा बुझाएकी हुन् । उम्मेदवारी दर्ता गर्दा जनप्रतिनिधिहरुले राजिनामा दिएको निस्सा पेश गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन आयोगले बनाएको छ ।  

तस्बिर स्रोत: हर्ष सुब्बा