धरान: नेपाली कांग्रेसले धरानको मेयरमा किसोर राईलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । 

आज उम्मेद्वारी मनोनयन गर्ने अन्तिम दिन विराटनगरस्थित प्रदेश समितिले धरानको मेयरमा राईलाई उठाउने निर्णय गरेको हो । राई संस्थापन पक्षका नेता हुन् । धरानको मेयरमा कांग्रेसका प्रदेश १ महामन्त्री उमेश थापा, मेयर तिलक राई र क्षेत्रीय सभापति सुजेन्द्र तामांगको नाम केन्द्रमा सिफारिश भएको थियो । केन्द्रले भने प्रदेशलाई नै निर्णय गर्ने अधिकार दिएपछि हिजोदेखि निरन्तर छलफल भएको थियो । 

राई नेपाली कांग्रेसका हाल जिल्ला सदस्य छन् भने धरानको पुर्वनगर सभापति पनि हुन् । उनी अखिल नेपाल फुटबल संघको प्रदेश १ अध्यक्ष पनि हुन् । धरानमा सत्तारुढ दलहरु कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले मेयर, उपमेयरमा गठबन्धन गरेका छन् । वडाहरुमा भने आ आफ्नो उम्मेद्वार उठाएर मैत्रीपुर्ण प्रतिस्पर्धा गर्ने सहमति छ ।