धरान: २०७४ सालमा धरानको वडा नं ९ मा नेकपा एमालेबाट वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । 

वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका हुन् । उनले पार्टीको निर्णय विपरीत गएर उम्मेद्वारी दिएकाले उनलाई कारबाही हुने निश्चित छ । पार्टीले गलत व्यक्तिलाई उम्मेद्वार बनाएकोले कारबाही भोग्न तयार भएर नै मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएको कटवालले बताए । उनले भने, ‘जो चै जनताबाट बहिष्कृत छ, तिरस्कृत छ । जसलाई जनताले इच्छा गरेकै छैन । चाहेकै छैन, त्यस्तालाई पार्टीले उम्मेद्वारी दिएपछि त्यस्ता व्यक्तिलाई उम्मेद्वारी दिने पार्टीसँग वितृष्णा जागेको हो ।’

ratna

कटवालले पार्टीको माया भन्दा पनि जनता र धरानको विकासप्रति माया भएकोले स्वतन्त्र उम्मेद्वारी मेयरमा दिएको प्रतिक्रिया दिए । पार्टीले देश र जनताको लागि केही नगर्ने पनि आफुले बुझेको कटवालको भनाई थियो । स्वतन्त्ररुपमा उम्मेद्वारी दिएर विजयी हुँदा स्वतन्त्ररुपमा काम गर्न पाइने बुझेर नै उम्मेद्वारी दिएको उनको भनाई छ । ‘लगभग राजिनामा पार्टीबाट दिइसकेको छुँ । नदिए पनि पार्टीले कारबाही गरिहाल्छ, दिइरहनु पदैन । उम्मेद्वारी दिएलगत्तै कारबाहीमा परिहाल्छु ,’उनले भने,‘तरपनि पार्टीले देश र जनताको लागि केही नगर्ने रहेछ, त्यसैले स्वतन्त्र उम्मेद्वारी दिएँ ।’

भिडियो: