धरान: सुनसरीको रामधुनी नगरपालिका ४ मा मिनि स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

रोटर्याक्ट क्लब अफ धरान घोपाले पिएसआरएन सँगको सहकार्यमा मधुमेह, उच्च रक्तचाप र बडी मास इन्डेक्स स्क्रिनिङ सहितको मिनी स्वास्थ्य शिविर सम्पन्न गरेको हो । कार्यक्रमको मुख्य उद्देश्य मधुमेह, उच्च रक्तचाप र मोटोपन वा कम तौल भएका, लक्षण नदेखिएका र लक्षण देखिएका व्यक्तिहरूको पहिचान गर्नु रहेको आयोजकले जनाएको छ । 

Image6

शिविरमा स्क्रिनिङको साथै परामर्श र स्वास्थ्य शिक्षा पनि प्रदान गरिएको थियो । बिहान १० बजे सुरु भएर दिउँसो १ बजेसम्म चलेको शिविरबाट १५० को संख्यामा स्थानीयले लाभ लिएका जिथए । शिविरलाई सृष्टि फार्मेसी एण्ड सप्लायर्स तथा सामुदायिक स्वास्थ्य नर्सिङ विभाग, कलेज अफ नर्सिङले समेत सहयोग गरेको थियो । नेपालमा मधुमेह र उच्च रक्तचापको असर धेरै क्षेत्रमा पर्न थालेको र कतिपय मानिसहरु यस रोगले गर्दा कष्टपूर्ण जीवन बिताउन बाध्य भएकोले सचेतना जगाउन पनि शिविर आयोजना गरिएको आयोजकको भनाई छ।