धरान: धरानको मेयरका उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले पनि सोमबारदेखि घरदैलो अभियान शुरु गरेका छन् ।

चुनाव चिह्न लौरो बोकेर उनी घरदैलो अभियानमा निस्किएका हुन् । उनले सोमबार धरान वडा नं ७ मा घरदैलो अभियानमार्फत मतदाताहरुसँग भोट मागेका थिए । साम्पाङले जमिनलाई ढोग गरेर घरदैलो अभियानको थालनी गरेका थिए । खानेपानी समस्या, भ्रष्टचारविरुद्ध अभियान, वीपी प्रतिष्ठान सुधार, सुशासन, पारदर्शिता, जवाफदेहिताको मुद्दा उठाउदै विगत एक दशकदेखि साम्पाङ अभियन्ताकोरुपमा धरानेहरुमाझ परिचित छन् । 

harka-sangpang-elec

साम्पाङले जनताको आवाज कसैले पनि नसुनेको कारण अभियान छेड्नुपुरेको र अहिले चुनावी मैदानमा उत्रनुपरेको बताए । अभियान मात्र सञ्चालन गरिरहदा कार्यान्वयन पक्ष कमजोर हुने भएकोले चुनावमार्फत नेतृत्व लिएर जनताको काम गर्न उम्मेद्वारी दिएको उनको भनाई छ । स्वतन्त्र उम्मेद्वार उठेका साम्पाङको चुनाव चिह्न लौरो हो ।

उनले बैशाख ३० गतेको निर्वाचनमा स्वतन्त्रबाट मेयरमा उम्मेद्वारी दिएका छन् भने उपमेयरमा उनकै टिमबाट दत्तकुमार लिम्बु रहेका छन् । यस्तै, विभिन्न ७ वटा वडामा पनि उनका वडाअध्यक्षका उम्मेद्वारहरु चुनावी मैदानमा छन् । 

साम्पाङले धरानका जनता पार्टीहरुसँग निराश भइसकेकोले यसपाली स्वतन्त्र उम्मेद्वारलाई भोट दिने बताउँछन् । ‘मसँग जनताको आवाज छ । त्यसैले जित हुने सुनिश्चित छ । गठबन्धन होस् कि जे सुकै आवोस्, मेरो जित सुननिश्चत छ,’उनले भने,‘दलहरुले भ्रष्टचार गरेर जनताको विश्वास, आधार गुमाएको छ । यसपाली पार्टीहरुको दम्भ पनि तोड्नुपर्छ, त्यसैले सबैतिर स्वतन्त्रले जित्नुपर्छ ।’

भिडियो:

harka-sangpang3

harka-sangpang2

harka-sangpang1