धरान: बैशाख ३० गतेको स्थानीय निर्वाचनमा मेयरका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले चुनाव पछि धरान स्वतन्त्र हुने बताएका छन् ।

आज आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै साम्पाङले यस्तो बताएका हुन् । उनले राजनीतिक पार्टीहरुले गर्दा देश तहसनहस भएको आरोप लगाउदै पार्टीको पछि लाग्ने औचित्य सकिएको बताए । उनले बैशाख ३० गतेको चुनाव पछि धरानले पार्टीको दासत्व तोडेर स्वतन्त्र हुने पनि उद्घोष गरे । 

‘पार्टीको पछाडि लाग्ने औचित्य सकियो । अब धरानले यो चुनाव पछि पार्टीको दासत्व, सिद्धानत, पार्टीको लगाम तोडेर स्वतन्त्र भएर बाँच्न सिक्नेछ । यसपालीको चुनावबाट धरान स्वतन्त्र हुनेछ,’उनले भने,‘ पार्टी जितिरहने, धराने जनता हारिरहने कुचलनको अन्त्य गछौं, गछौं । पार्टी जितिरहेको कारण र धरान हारिरहेको कारणले गर्दा नै आज हाम्रो घरमा खानेपानीसम्म आएको छैन ।’

harka5

सप्तकोशी छेवैमा बगिरहेको भएपनि धरानमा एक गाग्री पानीको लागि झगडा गर्नुपरिरहेको भन्दै साम्पाङले यो अवस्था राजनीतिक दलहरुको स्वार्थको कारण भएको पनि जिकिर गरे । उनले आफ्नो चुनावी एजेण्डाको पहिलो बुँदा नै खानेपानी समस्या समाधान गर्ने रहेको पनि बताए । 

पार्टी भनेर हिड्ने तर सिद्धान्त थाह नपाउने, समाज कसरी रुपान्तरण गर्ने भन्ने थाह नभएका नेताहरुको कारण जनताले सास्ती भोग्नु परिरहेको पनि साम्पाङको भनाई थियो । पार्टी र नेताहरुमा जनताको सेवा गर्ने सर्मपण भाव नभएको भन्दै उनले राजनीतिक पार्टी व्यवसाय, व्यापार भइसकेको पनि बताए । उनले भने,‘पार्टीहरुले गर्दा देश तहसनहस भइसक्यो । उद्योग खोल्दैन, जनतालाई रोजगारी दिदैन । पार्टी व्यवसायकोरुपमा अघि बढ्यो । त्यसैले डेढ सय वटा पार्टी छ । पार्टी स्वार्थ सिद्ध गर्ने माध्यम मात्र भयो । जनताको सेवा गर्ने सर्मपणको भाव छैन ।’ भानुचोकमा चुनावी सभा हुनुअघि धरान १८ स्थित बुद्धचोकबाट र्याली निस्केको थियो । 

भिडियो:

harka2

harka6

harka7

harka8

harka3

harka4

harka1

harka-sangpang 1