धरान: आफ्नो कार्यकाल सकिन लाग्दा धरानका मेयर तिलक राईले खानेपानी आयोजनाको समस्या र समाधानबारे पनि धारणा सार्वजनिक गरेका छन् । 

कार्यकालको महत्वपुर्ण कामहरुको विवरण सार्वजनिक गर्ने क्रममा मेयर राईले खानेपानी आयोजना कार्यान्वयनको क्रममा देखिएको समस्या, पानी वितरणको समस्या र खानेपानी समस्या हल गर्न गर्नुपर्ने कामहरुबारे पनि आफ्नो धारणा सार्वजनिक गरेका हुन् । मेयर राईले आफु मंसिर १४ मा निवार्चित भएर मंसिर अन्तिम साता पदवहाली गरेलगत्तै दुई सातापछि पुषमा खानेपानी आयोजनाको समय सकिएको जानकारी दिए । सन् २०१२ मा शुरु भएको आयोजनाको समय २०१९ को डिसेम्बरमा सकिएको थियो । 

आफु निवार्चित हुनुअघि नै विज्ञ समुह बनाएर अध्ययन गराउने प्रतिवद्धता जनाए वमोजिम अध्ययन पनि गराएको मेयर राईले बताए । आयोजनाको समय सकिए पनि नगरपालिकाकोतर्फबाट निर्माण कार्य भइरहेको पनि उनले बताए । मेयर राईले आयोजना कार्यान्वयनको बेला नगरबासीहरुलाई आवश्यकताभन्दा बढी महत्वकांक्षा जगाइदिदा अविश्वास देखिएको, १८ घण्टा पानी आउने, ७ मिटरको प्रेसरले ३ तलामाथि सजिलै पानी पुग्नेलगायत आश्वासन बाँडिदा अहिले समस्या देखिएको मेयर राईले बताए । खानेपानी संस्थानसँग समन्वय हुन नसक्दा मुख्य सहरको भुभागमा काम अपुरो रहेको पनि मेयर राईले बताए । 

गर्नुपर्ने कामहरु:

tilak

मेयर राईले विज्ञ र कार्यदलको सुझाव अनुसार सरकारले आयोजना पुर्ण गर्ने गरी बजेट व्यवस्था गरेर बाँकी रहेको काम सम्पन्न गर्नुपर्ने, सभागृहमा ट्यांकी थप गर्नुपर्ने, पिण्डेश्वरमा थप ट्यांकी निर्माण गर्नुपर्ने बताए । 

यस्तै, मुहानको संरक्षण र थप नयाँ आयोजना निर्माण गरी पानी आपूर्तिको सुनिश्चितता गर्न थप वेलहरु थप्नुपर्ने पनि मेयर राईले बताए । यस्तै, अध्ययन अनुसार सप्तकोशीबाट केही बर्षमा नै योजना कार्यान्वयनमा ल्याउनुपर्ने, ठुलो योजनाकोरुपमा धरान लेउती सुरुङ मार्गसँगै खानेपानीको आपूर्ति अध्ययन गर्नुपर्ने पनि मेयर राईको धारणा छ । 

सरकारले साविक पञ्चकन्या गाविस (हाल वडा ४,५,६) र साविक विष्णुपादुका (हाल वडा २० पटनाली)लाई पनि आपूर्ति हुने गरि अध्ययनको लागि केही ठुला सहरसँगै धरान उपमहानगरपालिका पनि छनौटमा परेको मेयर राईले जानकारी दिए । साथै, उनले आयोजनालाई नगरबासीहरुले अपनत्व लिएर पानी वितरणमा समन्वय, सहजीकरण गर्न आवश्यक रहेको पनि बताए । पुरानो र नयाँ पाइपलाइन व्यवस्थापन, इन्टरकनेक्सनको समस्यालाई पनि हल गर्न आवश्यक रहेको मेयर राईले बताए । 

khanepani

khanepani1

khanepani3

khanepani2

khanepani4