धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचन २०७९ को तयारी पुरा भएको जानकारी दिएको छ । 

निर्वाचन अधिकृत पुष्करराज नेपालले धरानको २८ मतदानस्थलमा रहेका १०७ वटा मतदान केन्द्रमा बिहिबार सबै तयारी पुरा भइसकेको बताए । मतदान केन्द्रहरुमा बुथ, प्रतिकुल मौषमलाई ध्यान दिदै टेण्ट र त्रिपाललगायत सबै तयारी गरिएको पनि उनले बताए । मतदान केन्द्रमा मतदान अधिकृतहरु तयारी अवस्थामा रहेको र शुक्रबार बिहान ७ बजेदेखि मतदान शुरु गरिने पनि नेपालले बताए । मौषम पुर्वानुमान महाशाखाले शुक्रबार बर्षा हुने अनुमन गरेको कारण पनि गृह मन्त्रालयले सबै मतदानस्थलहरुमा त्रिपालको व्यवस्था गर्न निर्देशन दिएको थियो । 

dharan-election1

यस्तै, शुक्रबार मतदान पछि मतपेटिका भण्डारणस्थल र मतगणनास्थलमा पनि सिसि क्यामेरासहित सुरक्षा प्रबन्ध गरिएको पनि निर्वाचन अधिकृत नेपालले जानकारी दिए । मतपेटिका भण्डारण तथा गणनास्थल धरान १२ स्थित पब्लिक माविको प्राविधिक भवनस्थित निर्वाचन अधिकृतको कार्यालयमा नै हुनेछ । उनले भने, मतदान केन्द्रहरुमा सबै तयारी पुरा भइसकेको छ । मतदान अधिकृतहरु पनि तयारी अवस्थामा हुनुहुन्छ । मतपेटिका र मतगणनास्थलमा पनि सिसि क्यामेरासहित सुरक्षा प्रबन्धन गरिएको छ ।

मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र 

धरानमा शुक्रबार मतदान सम्पन्न भएपछि मतगणना भने शनिबार बिहानदेखि मात्र हुने भएको छ । बिहिबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले मतगणना शनिबार बिहान ८ बजेदेखि मात्र गर्ने निर्णय गरेको हो ।

dharan-election7

धरान १२ धरानमा बिहिबार दिउँसो भएको सर्वदलिय तथा सर्वपक्षीय बैठकले शुक्रबार हुने मतदानको मतगणना भने शनिबार बिहान ८ बजेदेखि मात्र शुरु गर्ने निर्णय भएको हो । धरानको निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार मतदान केन्द्रबाट ल्याइएको मतपेटिकाहरु भण्डारण र मतगणनास्थलको सुरक्षा प्रबन्धनसमेत भइसकेको छ । मतको भण्डारण र मतगणनास्थलमा सिसिटिभीकोसमेत व्यवस्थापन गरिएको उनले बताए ।

सोही बैठकले मतगणनाको नतिजा २ सय मत गणना गरिसके पछि मात्र सार्वजनिक गर्ने पनि निर्णय गरेको छ । मतगणनाको बेला चौरीसम्म आवागमनको लागि गणकहरु, परिचय पत्र लगाएका उम्मेद्वारहरु, प्रतिनिधिहरु र पत्रकारहरुलाई मात्र आवामगन गर्न दिइने पनि निर्णय भएको छ । अन्य सर्वसाधारणहरुको लागि चौरीबाहिरसम्म सुनिने गरी माइकको व्यवस्था गरिने पनि निर्णय भएको छ । 

भिडियो:

dharan-election2

dharan-election5