धरान: धरानमा ११ हजार ५४८ मतगणनाको नतिजा सार्वजनिक भएको छ । 

निर्वाचन कार्यालय धरानले दिएको मतगणनाको तथ्यांक अनुसार मेयर र उपमेयरमा गठबन्धनसँग एमाले उम्मेद्वारले मतान्तर घटाउदै लगेको छ । हालसम्म मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ३६४५ मत प्राप्त गरेका छन् भने एमाले उम्मेद्वार मञ्जु भण्डारीले २८९५ मत पाएकी छिन् । दुवैबीच मतान्तर ७५० रहेको छ । स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २७०९ मत प्राप्त गरेका छन् ।

यसैगरि, उपमेयरमा गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ३९५३ मत प्राप्त गरेका छन् । एमाले उम्मेद्वार पदम इस्वोले ३६४५ मत पाएका छन् । धरानमा हालसम्म वडा १, २, ३ र ४ को मतगणना सम्पन्न भइसकेको छ भने वडा ५, ६, ७ र ८ को मतगणना जारी छ ।