धरान: धरानमा १७ हजार बढी मत गणना गर्दा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । 

आज बिहान ९ बजेसम्म १७ हजार ४९८ मत गणनाको अपडेट अनुसार मेयरमा गठबन्धनका उम्मेद्वार राई ५१२१ मत प्राप्त गरेर अग्रता कायमै राखेका छन् । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४४५० मत पाएर गठबन्धनलाई पछ्याइरहेका छन् । दुवैबीच ६७१ मतान्तर रहेको छ । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ४४४३ मत प्राप्त गरेर तेस्रो स्थानमा छिन् ।

उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघा ५७६० मत पाएर अगाडि छन् भने एमालेका उम्मेद्वार पदम इस्वो ५३९९ मत पाएका छन् । धरानको वडा १, २, ३, ४ र ७ को मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा ५, ६, ८ र ९ मतगणना जारी छ । 

update