धरान: धरान वडा नं ६ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार भुपेन्द्र भट्टराई निवार्चित भएका छन् । 

निकटतम प्रतिस्पर्धी एमालेका हरिकुमार राईलाई ४९२ मतअन्तरले पराजित गर्दै निवार्चित भएका हुन् । भट्टराईले १८२० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी राईले १३२८ मत प्राप्त गरे । विजयी भट्टराई २०७४ मा नेपाली कांग्रेसबाट अध्यक्षमा उठेका थिए । त्यसबेला उनी एमालेका भुवनसिंह बस्नेतसँग पराजित भएका थिए । यसपाली पार्टीले निकट नदिएपछि उनी स्वतन्त्र उठेका थिए ।  

वडा सदस्यमा भने चारै जना एमाले उम्मेदवार विजयी भएका छन् । महिला सदस्य यशोदा सुवेदी १४४४, दलित महिला सदस्यमा देवीमाया विश्वकर्मा १४२६, खुला सदस्यमा नारायण निरौला १५६७ र राजेन्द्र न्यौपाने १४१३ मत पाएर निवार्चित भएका छन् ।

   election 2