धरान: धरानको वडा नं ८ को बिहान साढे १० बजेसम्म १७ सय मतगणना सकिएको छ । 

मतगणनाको ताजा अपडेट अनुसार वडा ८ मा मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् । खसेको मतमध्ये १७ सय गणना सकिदा उनले ६६७ मत प्राप्त गरेका छन् । वडा ८ मा ४७७६ मत खसेको छ ।

यस्तै, मेयरमा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ४४३ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका उम्मेद्वार किशोर राईले २९१ मत प्राप्त गरेका छन् । उपमेयरमा एमाले उम्मेद्वार पदम इस्वोले ६१० मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ४९२ मत प्राप्त गरेका छन् ।

वडाअध्यक्षमा भने नेकपा एमाले प्रतिस्पर्धी उम्मेद्वारहरुभन्दा धेरै मतान्तरले अगाडि छन् । एमालेका उम्मेद्वार धनबहादुर राईले ७१७ मत प्राप्त गरेका अग्रता कायमै गरेका छन् भने नेपाली कांग्रेसका उम्मेद्वार उत्तमकुमार राईले २५९ प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार कृपा राईले ९५ मत प्राप्त गरेकी छिन् ।