धरान: धरानको वडा नं १० मा नेकपा एमालेको प्यानल विजयी भएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणना सम्पन्न हुँदा वडाअध्यक्षमा एमालेका उम्मेद्वार ३८ बर्षीय विवेक राई विजयी भएका छन् । उनले ९२४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्धन्दी रुपा राईले ५६७ मत प्राप्त गरेकी छिन् ।

यस्तै, एमालेबाट महिला खुला सदस्यमा फुर्दिकी शेर्पा ८७२ मत प्राप्त गरेर विजयी भइन् भने दलित महिला सदस्यमा अरुणा सुन्दास ८४८ मत प्राप्त गरेर विजयी भइन् । यस्तै, खुला सदस्यमा कृष्णबहादुर राई ८०२ मत प्राप्त गरेर निवार्चित भएका छन् । अर्का खुला सदस्यमा शम्सेर वर्देवाले ८०० मत प्राप्त गरेर निवार्चित भएका छन् ।

पितृ शोकमा विजयी वडाअध्यक्ष राई

wada-10-ko

वडाअध्यक्षमा विजयी भएका विवेक राईलाई पितृ शोक परेको छ । उनको ७० बर्षीय बुबा बुद्धिराज राईको हिजो (मंगलबार) दिउँसो करिब पौने ३ बजे निधन भएको थियो ।

बुबाको निधन भएकोले राईले खुलेर विजय उत्सव पनि मनाउन सकेका छैनन् । वडाअध्यक्षमा आफु विजयी भएको खुशी सुनाउन नपाउदै बुबाको निधनले उनी शोकमा छन् । यद्यपी, आज र भोली विजयी र्यालीमा सहभागी हुने र शुक्रबार मात्र बुबाको अन्त्येष्टी गर्ने राईले बताए । र्यालीमा सहभागी हुँदा खादा लगाउने तर अबिर नलगाउने उनले बताए । 

भिडियो:

wada-10. 1