धरान: धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

मंगलबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाअध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन् । उनले निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेद्वार शिवकुमार राईलाई ३५१ मतान्तरले पराजित गरे । राईले ५४६ मत प्राप्त गरे ।

वडा महिला सदस्यमा विजयी विन्दु अधिकारीले ८३२ मत प्राप्त गरिन् भने दलित महिला सदस्य अम्बिका विसम्के सार्कीले ८४८ मत प्राप्त गरिन् । खुला सदस्यमा कृष्णबहादुर कार्कीले ७९८ मत र शरदरत्न पार्थिवले ७७९ प्राप्त गरेका छन् ।