धरान: धरान उपमहानगरापालिकामा बुधबार बिहान ८ बजेसम्म २६ हजार ८४२ मतगणना सकिएको छ । 

निर्वाचन अधिकृतको कार्यालयका अनुसार उक्त मतगणना सकिदा गठबन्धनबाट मेयरका उम्मेद्वार किशोर राईको अग्रता कायमै छ । तर, उनलाई पछ्याईरहेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले मतअन्तर घटाउदै लगेका छन् । साम्पाङभन्दा गठबन्धन उम्मेद्वार राई मात्र २५६ मतले अघि छन् । हालसम्म राईले ७७१७ मत प्राप्त गरेका छन् भने साम्पाङले ७४६१ मत प्राप्त गरेका छन् ।

एमालेबाट मेयरकी उम्मेद्वार मञ्जु भण्डारी ६४२५ मत प्राप्त गरेकी छिन् । उनी हर्क साम्पाङभन्दा १०३६ मतले पछि छिन् । यसैगरि, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार ८६७० मतले अग्रता कायमै राखेका छन् । एमालेका उम्मेद्वार पदम इस्वोले ८३२४ मत प्राप्त गरेका छन् । हालसम्म धरानको वडा १, २, ३, ४, ५, ६,७ र ९ वडाको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा ८, १०, १८, १९ र २० को मतगणना भइरहेको छ ।