धरान: धरानको विद्यालयको अवस्था कस्तो होला ? ठुलो भौतिक संरचना, कोठाभित्र गर्मी भगाउन पंखा, आरामदायी डेस्क र बेञ्च, सुविधा सम्पन्न प्रशासनिक भवन यस्तै होला भन्ने अनुमान लगाइन्छ । तर, धरान ५ ठिंगाबारीस्थित जनता आधारभुत विद्यालय पुग्नुभयो भने तपाईको अनुमान गलत सावित हुनेछ ।

साविक पाँचकन्या गाविस धरानमा गाँभिएर उपमहानगरपालिका भइसक्यो । साविक पाँचकन्या गाविस अहिले धरानको वडा नं ४, ५ र ६ भएको छ । पाँचकन्याबासीहरु गाउँबाट उपमहानगरबासी भएका छन् । तर, यही उपमहानगरको वडा ५ स्थित यो विद्यालयको अवस्था भने टिठलाग्दो छ । विद्यालयको भौतिक संरचनाहरु जीर्ण र पुरानो छ । विद्यार्थीहरु चाहे प्रचण्ड गर्मीको बेला होस् वा मुटु कमाउने जाडोको बेला हो, यही भौतिक संरचनामा खलखल पसिना चुहाउदै, कहिले लुगलुग काम्दै पढ्नुपर्ने बाध्यता छ । 

mayor-janta-school

अहिले जेठको उखरमाउलो गर्मी सहेर साना विद्यार्थीहरु कोठाभित्रै पढिरहेका हुन्छन् । शिक्षक दरबन्दी मात्र ३ जनाको छ । अलग अलग कक्षालाई एउटै कोठामा राखेर विद्यार्थीहरु पढाउनुपरेको छ । विद्यालयको दयनीय अवस्थाबारे थाह पाएर शुक्रबार धरानका मेयर हर्कराज राई (साम्पाङ) स्थलगत निरीक्षणमा पुगेका थिए । उनले विद्यालयको अवस्था र समस्याबारे जानकारी लिएर आवश्यक मागसहित उपमहानगरपालिकामा आउन विद्यालय व्यवस्थापन समिति र प्रध्यानाध्यापिकालाई आग्रह पनि गरे । उनले विद्यालयको भौतिक पुर्वाधार विकासमा सक्दो सहयोग गर्ने प्रतिवद्धाता पनि जनाए ।

mayor-janta-school5

विद्यालयकी प्रअ रीता पोख्रेल (भट्टराई)ले स्कुलको भवन राम्रो भएमा विद्यार्थीहरु आकर्षित हुने बताइन् । भवन तथा कक्षा कोठा पुरानो भएकोले अभिभावक र विद्यार्थीहरु अन्तै पढ्न जान थालेको पनि बताइन् । विद्यालयका सहायक प्रअ देवीबहादुर सुनुवारले धेरै पहल गरेपनि सहयोग प्राप्त नभएको भन्दै गुनासो पोखे ।उनका अनुसार विद्यालयमा मोरंगको लामिछानेटारबाट समेत झण्डै २ घण्टा हिडेर पनि विद्यार्थीहरु पढ्न आउने गरेका छन् । 

भिडियो:

mayor-janta-school7

mayor-janta-school4

mayor-janta-school2