धरान: परिवर्तनका लागि सामाजिक अभियानद्वारा विगत ११ महिनादेखि आयोजना हुँदै आएको निःशुल्क सामाजिक स्वास्थ्य क्लिनिकको १८ औं संस्करण भएको छ । 

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परिक्षण भएको क्लिनिकमा मुटु रोग, रक्तचाप र मधुमेह सम्बन्धी परिक्षण गरिएको थियो । ७० वर्ष माथिका करिब १०७ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको अभियानका अध्यक्ष बरालले जानकारी दिए । क्लिनिकमा यसपटक मुटुमा राखिएको पेसमेकरको अवस्थाको पनि जाँच गरिएको अध्यक्ष विष्णु बरालले बताए । “यस पटक देखि बिरामीहरुको मुटुमा राखिएको पेश मेकरको अवस्थाबारे पनि मेशिनद्वारा निःशुल्क रुपमा जाँच गर्न शुरु गरेका छौं,”उनले भने ।

social-clicnic1

क्लिनिकको १८ औं संस्करण इलामेली समाज सुनसरीको सहकार्यमा आयोजना भएको हो । शिविर त्रिभुवन बरालको संयोजकत्वमा आयोजना भएको थियो । यो कार्यक्रम हरेक महिनाको पहिलो र तेश्रो शनिवार धरानका विभिन्न वडाहरुमा आयोजना भइरहेको छ । धरान र धरान वरपरका विशेष गरी मुटुका बिरामीहरु लाभान्वित भइरहेका छन् । विरामी कृपानाथ श्रेष्ठले भने, “डाक्टरलाई उपचार गराउन घर आ“गनमै यस्तो सुविधा उपलब्ध गराउनु महत्वपूर्ण कुरा हो, आयोजकलाई धन्यवाद दिन चाहन्छु ।” वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स शिल्पा श्रेष्ठले रक्तचाप परिक्षण गर्ने कार्य गरेकी थिईन् । 

अभियानले धरानको शिक्षा, स्वास्थ्य र पर्यटनको क्षेत्रमा काम गर्दै आईरहेको छ । न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई निःशुल्क अध्यापन गराउने कार्यक्रम “घरको स्कूल” कार्यक्रम समेत अभियानले सञ्चालन गर्दै आईरहेको छ भने धरानका प्रमुख पर्यटकीय क्षेत्रहरुको भिडियो क्लिप निर्माण गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा फेसबुक मार्फत प्रवद्र्धन गरिरहेको छ ।

धरानका पर्यटन प्रवद्र्धन सम्बन्धि चित्रकला कार्यशाला गर्ने

Art---Adv

परिवर्तनका लागि सामाजिक अभियानले धरानका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन गर्ने हेतुले चित्रकला कार्यशाला आयोजना गर्ने भएको छ । सुनसरी, मोरङ्ग र झापाका वरिष्ठ कलाकारहरुको सहभागितामा उक्त कार्यक्रम आयोजना गर्ने भएको हो । 

सोमबार (जेठ ६ गते) धरान घण्टाघर परिसरमा उक्त कार्यक्रम हुने अभियानका अध्यक्ष बरालले बताए । बिहान ११ बजेदेखि ३ बजेसम्म आयोजना हुने उक्त कार्यशालामा चित्रकारहरुले धरानका पर्यटकीय क्षेत्रहरुको चित्र बनाउने छन् ।