धरान: मेयर हर्कराज राई (साम्पाङ) ले धरान वडा नं २० स्थित पकुवा खोलाबाट पानी ल्याउने योजना अघि सारेपछि धरानका नागरिकहरुले श्रमदान गरिरहेका छन् ।

उक्त पकुवा खोलाको मुहान क्षेत्रमा पहिरो जाने गरेको पाइएपछि शनिबार बिहान सचेत धराने समुहको अगुवाईमा वृहत वृक्षारोपण कार्यक्रम भएको थियो । उक्त वृक्षारोपणमा धरानका युवा, विद्यार्थी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुमात्र होइन, इटहरी र मोरङको सुन्दर हरैचा नगरपालिकाबाटसमेत युवाहरु सहभागी भएका थिए । मेयर साम्पाङ पनि विरुवा रोप्न पुगेका थिए ।

pakuwa-tree1

मेयर साम्पाङको काम गर्ने शैलीबाट प्रभावित भएर आफु पनि शनिबार विदाको दिन सामाजिक कार्य गर्न आएको लुमन्ती आवासको लागि सहयोग समुहकी लक्ष्मी राईले बताइन् । ‘धेरै जसो जनप्रतिनिधिहरु अह्राउने मात्र गर्छन्, उहाँ आफै लाग्नुहुन्छ, र साथ दिन आएको हो,’उनले भनिन्,‘सुन्दरहरैचामा समुदायका मान्छेहरुले हाम्रो जनप्रतिनिधिहरु पनि हर्क साम्पाङ जस्तो भए हुन्थ्यो भन्नु हुन्छ ।’

सचेत धराने समुहका हेम राईले पकुवा खोलाको मुहान क्षेत्रमा पहिरो जान नदिन वृक्षारोपण गरिएको बताए । उक्त क्षेत्रमा करिब डेढ सय वटा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको उनको भनाई छ । वृक्षारोपण गर्न सिद्धार्थ हाइकिङ समुह, साइक्लिङ धरान समाज, धराने हाइकर्स धरान, स्काउटको सुनसरी क्रियुलगायत सहभागी भएको थियो ।

फलफुल रोपेर बाँदरलाई सहर आउन नदिने योजना

pakuwa-tree9

मेयर साम्पाङले बाँदरलाई सहर आउन नदिन फलफुलहरु धेरै संख्यामा रोपेर जंगलमा नै बस्ने वातावरण सृर्जना गर्नुपर्ने बताए । खानाको खोजीमा बाँदरहरु धरानको मुख्य बजार क्षेत्र आएको भन्दै उनले फलफुल प्रजातिको विरुवाहरु रोपेर जोगाउन सके बाँदरहरु जंगलमा नै बस्ने बताए । उनले भने,‘खानाको खोजी गर्दै नै बाँदरहरु मान्छेको घरतिर, बजारमा आएको हो । फलफुल जंगलमा नै पायो भने आउदैनन् ।’
मेयर साम्पाङले धरानको विजयपुर क्षेत्रको बाँदरको बिज्याई नियन्त्रण गर्न तरकारी बजारको खेर जाने तरकारी तथा फलफुलहरु पञ्चकन्या क्षेत्रमा लगेर दिने तयारी गरिएको पनि बताए । त्यसो गर्दा बाँदरहरु आफ्नै बाँसस्थानमा खाना पाउने र बजार क्षेत्र नआउने उनको धारणा छ । 

भिडियो:

pakuwa-tree

pakuwa-tree4

pakuwa-tree5

pakuwa-tree7

pakuwa-tree8