सुनसरी उद्योग वाणिज्य संघ धरानको नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु भइसकेको छ । हिजो (आइतबार) अध्यक्ष पदमा ३ जनाको उम्मेद्वारी मनोनयन दर्ता भएको छ । ती मध्ये एक उम्मेद्वार हुन् विजय श्रेष्ठ । श्रेष्ठ अघिल्लो निर्वाचनमा पनि अध्यक्षका प्रत्यासी थिए, तर वर्तमान अध्यक्ष गिरीधारी सापकोटासँग झिनो मतान्तरले पराजित भएका थिए । यसपाली नेतृत्व आफ्नो हातमा लिने गरि उनी चुनावी मोर्चामा छन् । त्यसअघि संघको विभिन्न पदको जिम्मेवारी लिइसकेका श्रेष्ठसँग उम्मेद्वारी मनोनयन गरिसकेपछि गरिएको संक्षिप्त कुराकानी:


प्रश्न: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेद्वारी किन ?

उत्तर: व्यवसायीहरुको हकहितको लागि हो । व्यवसायको प्रर्वद्धन गर्नको लागि हो । यो व्यवसायीहरुको छाता संगठन हो, विभिन्न समस्याहरु आउन सक्छ । त्यो समस्या हल गर्नको लागि हो । 


प्रश्न: जित हुनेमा कतिको ढुक्क हुनुहुन्छ ?

उत्तर: जित हुनेमा म ढुक्क छुँ । मेरा साथीहरुले, विभिन्न क्षेत्रमा भएका व्यवसायीहरुले विजय श्रेष्ठ आउनुपर्छ भनिरहनु भएको छ । वर्तमान उवासंघको नेतृत्वको गतिविधिहरुले गर्दा विजय श्रेष्ठ हुँदा चहलपहल थियो, त्यसैले तपाई आउनुपर्छ भन्ने माग गर्नुभएको छ । मैले धेरै बर्ष सेवा गरेको छुँ, समय दिएको छुँ, त्यसैले आउनुपर्छ भन्नुभएको छ । 


प्रश्न: तपाईको प्रमुख मुद्दा के हो ?

उत्तर: मेरो मुद्दाहरु धेरै छन् । व्यवसायीहरुको समस्या धेरै छ, त्यो हो मेरो प्राथमिकता । म अध्यक्षमा विजयी भएपछि प्राविधिक समिति, विज्ञ समिति गठन गरेर कसरी समस्याहरुको निराकरण गर्ने भन्ने सोच बनाएको छुँ । 


bijay-sth 1

प्रश्न: एक जना हार्डवेयर व्यवसायीले करचुक्ता प्रमाणपत्र नल्याई नै सदस्यता नविकरण गरेको भन्ने आरोप लगाउनुभयो, संघमा यस्तो हुन्छ ?

उत्तर: सही कुरा उठान गर्नुभयो । कति व्यवसायीहरु यहाँ मात्र नविकरण गर्ने छन् । हामी सुद्ध व्यवसायी आउनुपर्छ । जसको पानमा दर्ता छ, कर चुक्रा प्रमाणपत्र छ । हरेक व्यवसायीको कर चुक्ता प्रमाणपत्र लिएर आउनेको मात्र नवीकरण हुनुपर्छ भन्ने सिद्धान्त छ । म अध्यक्ष भएर आएपछि यो सबै मेटाएर सुद्ध व्यवसायीहरुको मात्र संस्था बनाउनेछुँ ।


प्रश्न: तपाईले यसो भनिरहदा जसले त्यसरी नविकरण गरेका छन्, उनीहरुले तपाईलाई भोट नदेलान् नि फेरि ?

उत्तर: यो कुरामा म डराएर बस्दिन । यो सुद्ध व्यवसायीहरुको संस्था हो । राजनीति गर्ने अखडा पनि होइन । कसैको खेल्ने ठाउँ पनि होइन । व्यवसायीको हकहितको लागि के गर्दा राम्रो हुन्छ, म त्यही गर्ने हो ।


प्रश्न: राजनीतिक लविङ कति हुन्छ ?

उत्तर: बाहिर त्यस्तो देखिएको छैन । हल्ला धेरै आउछ । म साझा उम्मेद्वारकोरुपमा छुँ । विचार आ आफ्नो ठाउँमा छ । 


प्रश्न: अर्का अध्यक्षका उम्मेद्वार शिवराज श्रेष्ठ, उहाँ यो कार्यकालमा पनि प्रथम उपाध्यक्ष हुनुहुन्छ, उहाँलाई कति प्रतिस्पर्धी लिनुहुन्छ ?

उत्तर: उहाँ पनि संघलाई चाहिने व्यक्ति हो, मान्छु । तर वर्तमान अवस्थामा पुर्वअध्यक्षहरु, विभिन्न वस्तुगत संघका अध्यक्षहरु सबैले विजय श्रेष्ठ नै यसपाली हुनुहुन्छ, जित निश्चित छ । उहाँहरुले भनिरहनुभएको छ, मैले भनेको छैन । 


प्रश्न: भनेपछि तपाईलाई पुर्वंअध्यक्षहरुको साथ छ, त्यसैले जित निश्चित छ भन्ने हो ?

उत्तर: हजुर, पुर्वअध्यक्षहरुको पनि साथ छ मलाई, जित निश्चित छ । 

भिडियो: