धरान: पत्रकारिता छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा प्रवेश गरेका रवि लामिछाने र धरानका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

पार्टीको सुनसरी जिल्ला भेलामा सहभागी हुन धरान आएको बेला लामिछाने र मेयर साम्पाङबीच आज (शुक्रबार) भेट भएको हो । मेयर साम्पाङलाई भेट्न लामिछाने बिहान कार्यालय समयमा उपमहानगरपालिका गएका थिए । मेयर साम्पाङसँगको भेटमा कार्यकाल सफलताको लागि आफुले शुभकामना दिएको र सफल बनाउन आफ्नो पार्टीले पनि सहयोग गर्ने कुरा राखेको लामिछानेले बताए । 

लामो समयपछि जनतामा आशा जगाउने काम मेयर साम्पाङले गरेको धारणा राख्दै पार्टीका संयोजक लामिछानेले उनलाई कुनै पनि हालतमा सफल बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘तपाईको कार्यकाल सफल बनाउन हाम्रो दल तयार छ, हामीले के गर्नुपर्छ भन्यौं । उहाँ असफल हुँदा जनतामा निराशा छाउछ, त्यसैले कुनै पनि हालतमा उहाँको कार्यकाल सफल हुनुपर्छ ।’

ravi

मेयर साम्पाङसँग लामिछानेले श्रमदान गर्न पनि इच्छा व्यक्त गरेका थिए । तर, पकुवा खोलाको प्राजेक्ट सम्पन्न भइसकेको कारण आफुले श्रमदान गर्न नपाएको पनि लामिछानेले बताए । उनले भने,‘श्रमदान गर्न इच्छा गरेको थिएँ, हिजो काम सकिएछ । पछि कुनै घोषणामा श्रमदान गर्न आउछुँ भने ।’

मेयर साम्पाङले पनि लामिछानेको भेटमा सामान्य गफ भएको र शुभकामना आदानप्रदान भएको बताए । मिडियामा रहदासम्म लामिछानेसँग एक पटक मात्र भेट भएको स्मरण गर्दै साम्पाङले पनि पार्टीको लागि शुभकामना र शुभेच्छा व्यक्त गरे । 

भिडियो: