धरान: हिजो सार्वजनिक सुनुवाई कार्यक्रममा धरान १६ स्थित भगवती आधारभुत विद्यालयका प्रअ अच्युत पराजुलीले मेयर, उपमेयर समक्ष गुनासो पोखे, धरानको पुरानो मध्येकै एक यो विद्यालयलाई स्थानीय सरकारले पनि वेवास्ता गर्यो । 

उनको गुनासो लगत्तै मेयर हर्क साम्पाङले भोली नै स्कुलको अवस्था निरीक्षण गर्न आउछौ भनेका थिए । उनले 'हामी दुवै आउछौं' भन्दै उपमेयर अइन्द्रबिक्रम बेघालाई कति बजे जाने ? भनेर प्रश्न गरेका थिए । उपमेयर बेघाले 'बिहान ७ बजेतिर जाउ' भन्ने प्रस्ताव गरे । 

bhagwati-school

सोही प्रस्ताव वमोजिम नै आज बिहान ७ बजे मेयर साम्पाङ स्कुलमा पुगे । उनी समयको पक्का व्यक्ति छन् । भनेकै समयमा स्कुल पुगेका साम्पाङ साधारण पहिरन र चप्पलमै थिए । उनी पुगेको केही समय पछि उपमेयर बेघा पनि स्कुलमा आइपुगे । विद्यालयका प्रअ पराजुली, व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष सुनिल नेपाललगायतले विद्यालयको अवस्था, समस्या र भावी योजनाबारे स्थलगत निरीक्षण गराउदै मेयर, उपमेयरलाई माग पत्र पनि पेश गरे । 

मेयर साम्पाङले ज्ञान हासिल गर्ने थलो विद्यालयको अवस्था नाजुक भएको भन्दै चिन्ता प्रकट गरे । उनले सरकारी विद्यालय, सरकारी अस्पतालको अवस्थाबारे चिन्ता प्रकट गर्दै सबैले सरकारी संरचनाहरुलाई माया गर्न पनि आग्रह गरे । मेयर र उपमेयर दुवैले स्रोतले भ्याएसम्म उक्त विद्यालयलाई सहयोग गर्ने पनि बताएका थिए ।

भिडियो:

 bhagwati-school1

bhagwati-school2