धरान: मेयर हर्क साम्पाङ पकुवा खोलाको प्रोजेक्ट सफल भएपछि सर्दु र खर्दु खोलाको पानी उपयोग गरेर तत्काल मिनि हाइड्रोको अवधारणामा लागिपरेका छन् ।

केही दिनअघि धरान ८ तीनकुनेस्थित पुर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु लिएर सर्दु र खर्दुको मुहान क्षेत्र पुगेका मेयर साम्पाङ बिहिबार पुनः विभागीय प्रमुखहरुसहित पुगेका छन् । मेयर साम्पाङको साथमा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल, क्याम्पसका मेकानिकाल विभाग प्रमुख, इलेक्ट्रिकल विभाग प्रमुख र सिभिल विभाग प्रमुख पनि गएका थिए ।

khardu

मेयर साम्पाङले भविष्यमा कोशीको पानी धरान ल्याउने योजना रहेको र अध्ययन भइरहेकोले उक्त पानीलाई ठुलो जलाशय बनाएर जम्मा गर्ने र त्यसबाट नै विजुली पनि निकाल्ने आफ्नो अवधारणा सुनाए । त्यसको लागि जलाशय बनाउन भनेर प्रस्तावित ठाउँसम्म विभागीय प्रमुखहरुलाई लगेर देखाइएको थियो । 

क्याम्पसका शिक्षकहरुले कोशीको पानी जम्मा गर्न जलाशय बनाउने ठाउँ उपयुक्त भएपनि त्यसस्थानको सोइल टेष्ट गरेर मात्र अघि बढ्न सुझाव दिए । साथै शिक्षकहरुले अहिले (बर्षाको समयमा) पनि खर्दु खोलाको पानीबाट ४० किलोवाट विजुली उत्पादन गर्न सकिने बताए भने हिउँदमा ५, ६ किलोवाटसम्म विजुली उत्पादन हुने बताए । 

भिडियो: