धरान: धरानमा स्वर्गीय मेयर तारा सुब्बाको चौथो स्मृति दिवस आइतबार विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको छ । 

नेकपा एमाले धरान उपमहानगर कमिटीको आयोजनामा धरान १९ स्थित हरियाली सामुदायिक वन र धरान १६ स्थित निर्माणाधिन तारा सुब्बा स्मृति चिल्ड्रेन पार्कमा स्मृति दिवस मनाइएको हो । हरियालीमा रहेको स्वर्गीय सुब्बाको सालिकमा प्रमुख अतिथि एवं प्रदेश नं १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्यले माल्र्यापण गरेका थिए । उनीसँगै एमालेका विभिन्न तहका नेताहरु, स्वर्गीय सुब्बाकी धर्मपत्नी तथा परिवारका सदस्यहरुले पनि सालिकमा माल्र्यापण गरेका थिए ।

tara-subba

यसैगरि, धरान १६ स्थित निर्माणाधिन चिल्ड्रेन पार्कमा स्वर्गीय सुब्बाको सालिक अनवारण गरिएको थियो । निवर्तमान मुख्यमन्त्री आचार्यले नै सालिक अनवारण गरेका थिए । साथै, पार्क क्षेत्रमा वृक्षारोपण पनि गरिएको थियो । स्वर्गीय सुब्बा मेयर भएकै बेला त्यहाँ भुमी पार्क निर्माण शुरु भएको थियो । तर, उनको निधन पछि कार्यपालिका बैठकले उक्त पार्कको नाम परिवर्तन गरेर तारा सुब्बा स्मृति चिल्ड्रेन पार्क नामकरण गरेको थियो । 

२०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालिन एमाले अध्यक्ष सुब्बा मेयरमा निवार्चित भएका थिए । मृगौलाका विरामी रहेका सुब्बाको चुनाव अघि नै मृगौला प्रत्यारोपण गरिएको थियो । मेयरमा निवार्चित भएर पदभार ग्रहण गरेको ठिक एक बर्षमा नै २०७५ साउन १ गते उनको उपचारको क्रममा राजधानीमा निधन भएको थियो । 

भिडियो:

tara-subba2