धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार शोक विदा दिइएको छ । 

प्रतिष्ठानले पुर्वउपकुलपति एवं रेडियोलोजी विभागका प्राध्यापाक डा.राजकुमार रौनियारको निधनमा शुक्रबार शोक विदा दिने निर्णय गरेको हो । पुर्वउपकुलपति डा.रौनियारको मंगलबार निधन भएको थियो । प्रतिष्ठानका वर्तमान उपकुलपति डा.ज्ञानेन्द्र गिरीले एक सुचना जारी गर्दै डा.रौनियारको निधनले राष्ट्रलाई नै अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् । 

प्रतिष्ठानले साउन ६ गतेदेखि ८ गतेसम्म तीन दिन प्रतिष्ठानको झण्डा आधा झुकाउने निर्णय पनि गरेको छ । शुक्रबार शोक विदा भएकोले इर्मजेन्सी सेवा, अन्तरंग सेवा, परीक्षाका पुर्वनिर्धारित कार्यक्रमबाहेक अन्य सम्पुर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरु बन्द हुने पनि उक्त सुचनामा उल्लेख छ । 

notice