धरान: विगत ११६ औं दिनदेखि सेभ घोपा क्याम्प आन्दोलन जारी छ । शुरुवातमा हामी नेपाल नामको संस्थाले अगुवाई गरेको आन्दोलन अहिले धराने युवाहरुले नेतृत्व लिएका छन् । 

वीपी प्रतिष्ठान सुधारको लागि आन्दोलन जारी रहेकै बेला हामी नेपालले प्रतिष्ठानलाई सहयोग पनि गरेको छ । हामी नेपालले प्रतिष्ठानको इर्मजेन्सी वार्डमा विरामीहरुको लागि आवश्यक २० ट्रली दिएको छ भने ५२ वटा उच्च गुणस्तरको अडियोसहितको सिसिटिभी पनि दिएको छ । यस्तै, कुरुवाहरु बस्नको लागि २० वटा कुर्सी पनि दिइएको छ भने ३० वटा अझै दिइने हामी नेपालकी श्रृष्टी श्रेष्ठले जानकारी दिइन् । उनले भनिन्, ‘हाम्रो सहयोगहरु स्टोरमा राख्नको लागि दिदैनौं । विरामीको लागि ट्रली दिएका छौं, प्रयोगमा आइसकेको छ । हामी नेपाल यसरी काम गर्छाैं ।’

hami-nepal

हामी नेपालका अध्यक्ष सुदन गुरुङका अनुसार कुर्सीहरु गाइनो वार्डका विरामी कुरुवाहरुको लागि सहयोग दिइएको हो । गाइनोमा गर्भवती महिलाको श्रीमान्ले भित्र बस्न नदिएको र कुर्सी पनि अभाव भएको गुनासो गरेपछि सहयोग गरिएको बताए । ‘चाह्यो भने हामी अझै थपिदिन्छौं,’उनले भने । प्रतिष्ठानको सेवा सुधारको लागि निरन्तर आन्दोलन भएपछि वार्ता भएर कार्यदल गठन भएको थियो । उक्त कार्यदलले प्रतिवेदन दिएपनि कार्यान्वयनमा ढिलाई भएको भन्दै आमरण अनसन बस्ने तयारी आन्दोलनरत पक्षले गरेको छ । 

भिडियो: